back
NMB ad

मुख्यमन्त्री, मन्त्री तथा कर्मचारीहरुको सहयोग रकम कोषमा जम्मा

Kumari bank ad

हेटौंडा । प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सहयोग रकम जम्मा गरेको छ ।

कार्यालयले कोषको लागि मुख्यमन्त्री एबम सम्पुर्ण मन्त्रीहरु, प्रमुख राजनीतिक सल्लाहकार र सचिवालयका कर्मचारी तथा कार्यलयका कर्मचारीहरुबाट ७ लाख ६४ हजार ७७ रुपैयाँ बिहिबार कोषको खातामा जम्मा गरेको हो ।

मुख्यमन्त्री एबम सम्पुर्ण मन्त्रीहरु, प्रमुख राजनीतिक सल्लाहकार र सचिवालयका कर्मचारीको तर्फबाट ५ लाख ९० हजार २ सय ३३ रुपैया, कार्यलयका कर्मचारीहरुको तर्फबाट १ लाख ७३ हजार ८ सय ४४ रुपैयाँ जम्मा गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका लेखा अधिकृत देबिप्रसाद गौतमले जानकारी दिनुभयो ।

यसअघि मुख्यमन्त्री, मन्त्री तथा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारहरुको एक महिनाको सुबिधाबापतको रकम र कर्मचारीको पद अनुसार ३,५ र ७ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको थियो ।

कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १३००५०३०००००२ मा रकम जम्मा गर्न सकिने लेखा अधिकृत गौतमले बताउनुभयो ।

वि.सं.२०७६ चैत २८ शुक्रवार ०८:४० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...