back
NMB ad

काठमाडौँ महानगरले नि:शुल्क एम्बुलेन्स सेवा दिने

Kumari bank ad

काठमाडौँ । काठमाडौं महानगरपालिकाले लकडाउनको अवधीभर हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ ।

आज काठमाडौँ महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गर्दै यस्तो सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।

महानगरपालिकाका तर्फबाट प्रशासन विभाग प्रमुख नमराज ढकाल र संयुक्त एम्बुलेन्स चालक संघका तर्फबाट अध्यक्ष गोवद्र्धन सापकोटाले संयुक्तरुपमा हस्ताक्षर गरेको सम्झौता अनुसार अब लकडाउन अवधिभर पाँच ओटा एम्वुलेन्सले २४ सै घण्टा सेवा दिनेछन् । त्यसका लागि एम्बुलेन्स सेवालाई काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग गर्नेछ ।

लकडाउनको समयमा हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

‘लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने सम्भावित विरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह हुनेछ,’ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो, ‘सम्भावित विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन सम्र्पकका लागि काठमाडौँ महानगरपालिकाले हटलाइन नम्वर ११८० को व्यवस्था गरेको छ ।’

सम्झौता अनुसार निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधनमा करार अवधिभर अन्य प्रयोजनमा एम्वुलेन्स चलाउन पाउने छैन । त्यसैगरी निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका विरामीहरुको नाम थर र अन्य विवरणको लगत अद्यावधि गरी प्रमाणित गर्नु पर्नेछ ।

‘निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेको विरामीसँग थप भाँडा दस्तूर वा सेवा शुल्क लिन पाईनेछैन,’ सम्झौतामा उल्लेख छ, ‘निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेको विरामीसँग कुनै अस्पतालमा वा उसको घरसम्म आउन जान आनाकानी वा मोलतोल गर्न पाईने छैन ।’

यसरी सञ्चालनमा आएका एम्बुलेन्सले महानगरको भौगोलिक क्षेत्र सीमा वाहिर २ कि.मी.सम्म निःशुल्क सेवा दिनु पर्नेछ । तर, २ कि.मी. भन्दा बढिको दुरीमा यात्रा गर्नुपर्दा सम्बन्धित विरामीले नेपाल सरकारको नियमानुसार दूरीको आधारमा भाँडा दर तिर्नुपर्नेछ ।

‘निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दा रोगको प्रकृति हेरी प्राथमिकीकरण गरीे सेवा प्रदान गर्नुपर्नेछ । यसमा हृदयघात, मृगौला रोगी, आकस्मिक सेवाको पहिलो प्राथमिकता दिनुपर्नेछ,’ सम्झौतामा उल्लेख गरिएको छ, ‘सम्झौता अवधिभर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधन ५ ओटामा २४ घण्टा नै सवारी चालक सहित सवारी साधन प्राविधिक रुपमा दुरुस्त राख्नु पर्नेछ ।

कुनै प्राविधिक त्रुटी छ भनी सेवा संचालनमा अवरुद्ध गर्न पाइने छैन । एम्बुलेन्सले चावहिल, बौद्ध, बालाजु, स्वयम्भू, लाजिम्पार्ट, अन्तराष्ट्रिय विमानस्थल, कोटेश्वरलगायतका स्थानबाट सेवा दिनेछन् ।

महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिनका लागि  महानगरपालिकाकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवालाई यस अघि नै तयारी अवस्थामा राखेको छ । उक्त सेवा लिनका लागि १०२ नं. मा सम्पर्क गर्न सकिने छ ।

वि.सं.२०७७ वैशाख १ सोमवार १७:१२ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...