back
NMB ad

कोरोना महामारी : विश्वभरमा झण्डै २० लाख संक्रमित, एकैदिन ६ हजार ९ सयको ज्यान गयो

Kumari bank ad

काठमाडौं । विश्वका करिब सबै देशमा फैलिइसकेको कोरोना भइरसको संक्रमणले मानिसको ज्यान जाने क्रम बढिरहेको छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ ।

विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चौथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो अपडेट अनुसार कोरोना संक्रमणबाट १ लाख २६ हजार ९ सय २५ जनाको मृत्यु भइसकेको छ ।

विश्वभरमा १९ लाख ९६ हजार ८ सय २५ जना संक्रमित भएको पुष्टि भइकेको छ । संक्रमित मध्ये ४ लाख ७८ हजार ३ सय २५ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् ।

उपचारमा रहेका १६ लाखभन्दा बढीको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विगत २४ घण्टामा मात्रै कोरोनाबाट ७२ हजार ९ सय २५ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । गत २४ घण्टामा ६ हजार ९ सय १९ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ६ लाख १३ हजार ६ सय २४ जना संक्रमित भएका छन् ।

त्यस्तै २६ हजार १५ जनाको संक्रमणबाट ज्यान गएको छ भने ३८ हजार ७ सय ७२ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । १३ हजार ७ सय १३ जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वस्थ्य संगठनले जानकारी दिएको छ । अहिलेसम्म भाइरसको संक्रमणबाट सबैभन्दा बढी ज्यान गुमाउनेमा अमेरिका पहिलो देश भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या २१ हजार ६७ पुगेको छ भने ३७ हजार १ सय ३० जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् ।

उपचारमा रहेका संक्रमित मध्ये ३ हजार १ सय ६६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनमा ८२ हजार २ सय ४९ जनामा संक्रमण देखिएकोमा ७७ हजार ७६ सय ३८ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् ।

३ हजार ३ सय ४१ जनाले ज्यान गुमाएको चीनमा १ सय १६ जना अझै गम्भीर अवस्थामा रहेको जनाइएको छ । विगत २४ घण्टामा चीनमा कोरोना संक्रमणाका कारण कसैको पनि ज्यान गएको छैन ।

नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएको छ, जसमा १४ जना विदेशबाट नेपाल भित्रिएका छन् भने एकजनामा नेपालमै संक्रमण देखिएको छ । १ जना पूर्ण स्वस्थ भइ घर फर्किएका छन् भने बाँकी १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

वि.सं.२०७७ वैशाख ३ बुधवार ०७:२९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...