back
NMB ad

कोरोना संक्रमणबाट फेरि अर्का नेपालीको बेलायतमा मृत्यु

Kumari bank ad

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ । लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ कोरोनाको संक्रमणका कारण निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि ५ दिनअघि अस्पताल भर्ना भएका तामाङलाई कारोना ‘पोजिटिभ’ देखिएको थियो । धनकुटा हात्तिखर्क, माकलुंग घर भएका मृतक तामाङ उनकी श्रमती, छोरी र ज्वाईंसँगै लण्डन बस्दै आएका थिए । उनी पूर्व गोर्खा सैनिक समेत हुन् ।

उनका एक छोरा भने अष्ट्रेलियामा बस्दै आएका छन् । बुधबार नै कोरोनाको संक्रमणबाट अर्का ५८ वर्षीय पूर्वगोर्खा लक्ष्मण श्रेष्ठको मृत्यु भएको थियो ।

त्यस्तै बेलायतस्थित ननिटनमा बस्दै आएका ७८ वर्षीय हस्तावीर गुरुङको पनि बुधबार नै मृत्यु भएको छ ।  उनको मृत्यु कोरोनाकोसंक्रमणबाट भनिएपनि पुष्टि हुन भने बाकिँकी नै छ । बेलायतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेहरुमा भूपू गोर्खामात्र १ दर्जन नाघिसकेका छन् ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार १४:२५ मा प्रकाशित

You can share this post!

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:२८

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक,...

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५५

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा...

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४३

काठमाडौँ, ८ जेठः सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको...

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:३३

ढाका, ८ वैशाख : चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा...

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:१६

विराटनगर, ८ जेठः नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...