back
NMB ad

कोरोना आशंका गरिएका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ

Kumari bank ad

रुकुम । रुकुम पश्चिममा कोरोना भाइरस (कोभिड– १९) संक्रमणको आशंका गरिएका दुई पुरुषको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका ६, का ३६ वर्षीय र ७ नम्बर वडाका ३७ वर्षीय पुरुषको पिसिआर रिपोर्टमा कोरोनाको संक्रमण नभएको पुष्टि भएको हो ।
धनगढीस्थित पिसिआर प्रयोगशालामा दुबै जनाको रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो ।

त्यहाँ गरिएको परीक्षणबाट दुबैको रिपोर्ट नेगेटीभ आएको हो । उनीहरूको थ्रोट स्वाब परीक्षणका क्रममा कोरोना संक्रमणको आशंका गरिएपछि जिल्लामा एक्कासी त्रास उत्पन्न भएको थियो ।

उक्त गाउँपालिका क्षेत्रका ती दुई व्यक्तिका साथै अन्य ३७ जनासँगैको पिसिआर रिर्पोट सुर्खेतबाट परीक्षणका लागि धनगढी पठाइएको थियो । धनगढीबाट आशंका गरिएपछि उनीहरूको थ्रोट स्वाब परीक्षणका लागि बिहीबार दिउँसो टेकु र्पुयाइएको स्वाबको रिर्पोट शुक्रबार बेलुकी आएको र दुवैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए ।

आशंका गरिएका दुवैको स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने कि केही दिन आइसोलेसनमा नै राख्ने भन्नेबारे छलफल भइरहेको उनले बताए । उनीहरु दुवै जना गत चैत ९ गते भारतबाट गाउँ पुगेका थिए । सुरुदेखि नै उनीहरुमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन ।

वि.सं.२०७७ वैशाख ६ शनिवार १२:०६ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...