back
NMB ad

प्रसिद्धीले जितिन् कोरोनालाई, जीतको मुस्कानसहित अस्पतालबाट फर्किन् घर

Kumari bank ad

काठमाडौं । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणलाई जितेर अस्पताल भर्ना भएकी दोस्रो कोरोना संक्रमित युवती आज (शनिबार) अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

कोरोना संक्रमण देखिएपछि चैत १० गते काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकी दोस्रो संक्रमित प्रसिद्धी श्रेष्ठ पूर्ण निको भएर आज अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

तानव र चिन्तासहित अस्पताल भर्ना भएकी उनी कोरोनालाई जितेपछि आज जीतको मुस्कानसहित अस्पतालबाट विदा भएकी हुन् ।उनलाई पूर्ण निको भएपछि आज (शनिबार) टेकु अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । फ्रान्सबाट आएकी ती १९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

उनी गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी मन्त्रालयले संक्रमितको परिवारलाई मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर टेस्ट गरे पनि उनीहरुमा भने नेगेटिभ देखिएको थियो ।

यसअघि चीनबाट आएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी पनि उपचारपछि घर फर्किएका थिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित ३० जनामध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

हिजो मात्र नेपालमा एकैपल्ट १४ जना संक्रमित देखिएका थिए । यता बाङलुङकी संक्रमित ६५ वर्षीया महिला पनि डिस्चार्ज हुँदैछिन् । उनी अन्तिम रिपोर्ट पर्खेर बसेकी छन् । यस्तै बाङलुङकी अर्की एक युवतीको पनि स्वाथ्यमा उल्लेख्य सुधार भइरहेको धवलागिरी अस्पतालले जनाएको छ ।

वि.सं.२०७७ वैशाख ६ शनिवार १४:३७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...