back
NMB ad

डिजिटल माध्यमबाट बिल भुक्तानी गर्न क्लासिक टेकको आग्रह

Kumari bank ad

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले डिजिटल माध्यमबाट बिल भुक्तानी गर्न आफ्ना ग्राहकलाई आग्रह गरेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले गत ५ गते लकडाउनमा पैसा सकिए पनि सेवा निरन्तर दिन कम्पनीहरुलाई निर्देशन जारी गरेको थियो ।

उक्त निर्देशन पालना गरेको जनाउँदै क्लासिक टेकले नसक्ने, वृद्ध ग्राहक बाहेक अन्य ग्राहकलाई डिजिटल माध्यमबाट बिल भुक्तानीको आग्रह गरेको हो ।

विषम परिस्थितिमा अत्यावश्यक सेवा सुचारु राख्नुपर्ने र इन्टरनेट सेवा पनि यसभित्रै पर्ने भएकाले आफूहरु जिम्मेवार रहेको पनि कम्पनीले जनाएको छ ।

लकडाउनमा इन्टरनेट खपत धेरै भएको कम्पनीको भनाइ छ । यस अवस्थामा निरन्तर सेवा प्रवाह गर्न सक्नु नै ठूलो चुनौती भए पनि त्यसलाई सामना गरिरहेको कम्पनीले जनाएको छ ।

यस्तो अवस्थामा कम्पनीमाथि आर्थिक भार बढेकोले अपवादबाहेक अन्य ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न कम्पनीले आग्रह गरेको हो । कम्पनीले आवश्यक परेको खण्डमा घरमै कर्मचारीलाई सुरक्षित रुपमा बिल भुक्तानीका लागि पठाउने समेत जनाएको छ ।

वि.सं.२०७७ वैशाख ८ सोमवार १४:३१ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...