back
NMB ad

अब घरघरमै भत्ता, औषधि र तरकारी

Kumari bank ad

चन्द्रकला भण्डारी, झापा । झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पु¥याउने व्यवस्था मिलाइएको हो ।

विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी खरिद गरेर नाफा नराखी सर्वसाधारणलाई बिक्रीको व्यवस्था पहिलोपल्ट मिलाएको हो । त्यसपछि मेचीनगरमा उद्योग वाणिज्य सङ्घले घरघरै सुपथ मूल्यमा तरकारी पु¥याउन थालिसकेको छ ।

मेचीनगर नगरपालिकाले ज्येष्ठ नागरिक, शारीरिक अशक्तलगायतलाई सरकारबाट दिइने मासिक भत्तासमेत घरमै पु¥याउने संयन्त्र बनाएको छ । एकल महिला, लोपोन्मुख र दलित वालवालिकालाई समेत अब घरमै भत्ता आइपुग्नेछ । नगरपालिकाकाले सामाजिक सुरक्षा भत्ता घरघरै पु¥याउन वडा अध्यक्षको नेतृत्वमा १५ वटै वडामा कर्मचारी खटाइसकेको मेचीनगर–६ का वडाध्यक्ष ललित तामाङले बताए ।

बन्दाबन्दीमा बैंकमा सामाजिक भत्ता लिन ज्येष्ठ नागरिक भीड हुन थालेपछि कोराना भाइरसको सङ्क्रमणको जोखिमबाट जोगाउन घरघरमै भत्ता पु¥याउने व्यवस्था मिलाइएको नगरकी उप्रमुख मीना उप्रेतीले बताइन् । मेचीनगरमा मङ्सिरदेखि फागुनसम्म चार महिनाको सामाजिक सुरक्षा भत्तावापत १३ हजार ३८५ जनालाई रु १४ करोड ६ लाख ३३ हजार २०० सामाजिक सुरक्षा भत्तावापत वितरण गरिने नगरपालिकाका सूचना अधिकारी एवं लेखा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए ।

विर्तामोड नगरपालिकाले किसानलाई अनुदान दिएको कृषि फार्मबाट ताजा तरकारी किन्ने र गाडीको व्यवस्था गरेर नगरको टोलटोलमा पु¥याउने व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले जानकारी दिए । त्यसकार्यमा वडाका जनप्रतिनिधिले प्रत्यक्षरूपमा समन्वय गरिरहेको र कृषि शाखाले सम्पूर्ण व्यवस्थापनको काम गरिरहेको उनले बताए ।

मेचीनगर नगरपालिकाले मिर्गौला, मुटु, दमजस्ता रोगको घरै बसेर नियमित औषधि सेवन गरिरहेका सर्वसाधारणलाई आवश्यक औषधि घरमै पु¥याउने अभियान सञ्चालन गरेको जनाएको छ । नगरका जनप्रतिनिधि र कर्मचारीलाई वडापिच्छे सो कार्यका लागि जिम्मेवारी तोकिएको सामुदायिक शाखाका अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिए ।

प्रहरी कार्यालयमा ‘डिसइन्फेक्सन टनेल’

यसैबीच कोभिड–१९ को सङ्क्रमण रोक्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रवेशद्वारमा ‘डिसइन्फेक्सन टनेल’ जडान गरिएको छ । नागरिकस्तरमा गठित मेची अभियानले निर्माण गरेर सो टनेल प्रहरीलाई हस्तान्तरण गरेको अभियानका संयोजक विजय डालमियाले बताए । दुवै टनेल प्रहरी कार्यालयको प्रवेशद्वारमा राखिएको छ ।

ज्यानको पर्वाह नगरी कोभिड–१९ को सङ्क्रमण रोक्न अग्रपङ्तिको सुरक्षामा खटिएका प्रहरीलाई स्प्रेमार्फत भाइरसको जोखिमबाट जोगाउन टनेल बनाएर हस्तान्तरण गरिएको अभियानका संयोजक डालमियाले बताए । टनेल निर्माणमा काँकडभिट्टाका ६ वटा सहकारी संस्था र काँकडभिट्टा खानेपानी उपभोक्ता संस्थाले सहयोग गरेका छन् । यसअघि अभियानले मेची अञ्चल अस्पतालमा समेत यस्तै टनेल जडान गरिसकेको छ ।-रासस

वि.सं.२०७७ वैशाख ११ बिहीवार १३:३१ मा प्रकाशित

You can share this post!

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...