back
NMB ad

प्रदेश १ मा ४ हजार ८१३ जनाको कोरोना परीक्षण

Kumari bank ad

विराटनगर । प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । पीसीआर विधिबाट ८८४ जनाको परीक्षण भएको छ । त्यस्तै दू्रत परीक्षण विधि (आरडिटी) बाट विहीबारसम्म जम्मा ३ हजार ९ सय २९ जनाको नमुना परीक्षण गरिएको छ ।

प्रदेश १ मा २८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुमा २६ जना पुरुष र २ जना महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको ।

संक्रमितमध्ये १६ जना नेपाली नागरिक र १२ जना भारतीय नागरिक रहेका छन् । नेपाली नागरिकहरुमध्ये ४ जना मोरङका रहेका छन् । ११ जना उदयपुर त्रियुगा ३ भूल्केका रहेका छन् । एक जना सप्तरीका रहेका छन् । उनिहरुको प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार हुँदैछ भने अवस्था सामान्य रहेको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या विहीबारसम्म कूल १ हजार ९२ जना पुगेको छ । २४ जना पुरुष डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । आइसोलेनसबाट १० जना डिस्चार्ज भएका छन् ।

होम क्वारेन्टाइनमा जम्मा ४ हजार ९ सय १० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ७ सय ९४ र पुरुष ४ हजार १ सय १६ जना रहेका छन् ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार २०:५२ मा प्रकाशित

You can share this post!

सिजि नेस्क्टजेनको जिम्नी रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न

सिजि नेस्क्टजेनको जिम्नी रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार ११:४९

काठमाडौं । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको...

थप २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार ११:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार थप एक कम्पनीको...

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एक कम्पनीको बोनस...

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१०

चन्द्रप्रसाद ढकाल    काठमाडौँ, ७ जेठ : औद्योगिक उत्पादनमा कमी र...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार ११:०३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:३२

विराटनगर, ७ जेठ: कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र...