back
NMB ad

यस्ता छन् नेपाल टेलिकमको नयाँ अफर

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमद्वारा संचालित मोबाइलमा ब्यालेन्स नभए पनि लकडाउन अवधिभर कुरा गर्न सकिने भएको छ । टेलिकमले लकडाउनलाई लक्षित गरेर आप्ना ग्राहकमा यस्तो योजना ल्याएको हो ।

लकडाउनको अवस्थामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने हेतुले जिरो ब्यालेन्स प्याकेज योजना ल्याइएको टेलिकमले जनाएको छ ।

लकडाउन शुरु भएको मितिबाट ७ दिनसम्म अर्थात सन् २०२० मार्च २४ देखि ३१ (वि सं. २०७६ चैत्र ११ देखि १८) सम्म कम्तीमा १ कल गरेका र मिति २०७७ वैशाख ८ गते मध्यरातमा ३३ पैसाभन्दा कम व्यालेन्स भएका मोबाइल नम्बरमा प्याकेजसम्बन्धी सूचना एसएमएसबाट पठाइने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार एसएमएस प्राप्त भएको दुई दिनभित्र सम्बन्धित मोबाइल प्रयोगकर्ताले एसएमएसमा उल्लेख गरिए अनुसार एसएमएसबाटै जवाफ फर्काउनु पर्नेछ ।

सम्बन्धित प्रयोगकर्ताले यसरी जवाफ फर्काएपछि कम्पनीले त्यो प्याकेज लागू गरी त्यसको जानकारी ग्राहकलाई पुनः एसएमएसबाट पठाउनेछ ।

मापदण्ड अनुसार प्याकेज प्राप्त गर्न सक्ने प्रयोगकर्तालाई ७ दिन म्याद रहेको प्याकेज उपलब्ध गराइनेछ । प्याकेज अन्तर्गत सेवाग्राहीले १०० एमबी डाटा चलाउने, ५० मिनेट भ्वाइस कल गर्ने (नेपाल टेलिकमको नेटवर्क भित्र) र २५ वटा एसएमएस पठाउने सुविधा (नेपाल टेलिकमको नेटवर्क भित्र) निःशुल्क प्राप्त गर्नेछन् ।

टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार कम्पनीले निर्धारण गरेको मापदण्ड बाहेकका नम्बरमा त्यो प्याकेज उपलब्ध गराइने छैन । साथै, परिस्थिति र आवश्यकता अनुसार आगामी दिनमा पनि कम्पनीले यस्ता योजना लागू गर्न सक्नेछ र सोको लागि मापदण्ड तयार गरी छनौट हुने नम्बरका ग्राहकलाई एसएमएस मार्फत नै जानकारी गराइनेछ ।

टेलिकमले लकडाउन शुरु भएको मितिदेखि शुन्य व्यालेन्स भएका तर आगमन कल निषेध नभएका (अर्थात २४ मार्च २०२० पछि शुन्य व्यालेन्स भई रिचार्ज नभएका) प्रिपेड ग्राहकहरूले समेत प्याकेज प्रयोग गर्न तथा आगमन कल उठाउन सक्ने बनाउनको लागि आवश्यक न्यूनतम व्यालेन्स थप्नुका साथै त्यो नम्बरको म्याद समेत ३० अप्रिल २०२० सम्म बढाउने निर्णय गरेको छ ।

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १३:३८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...