back
NMB ad

७ वर्षीया सिरियाली बालिकाले जितिन् काेराेनालाई

Kumari bank ad

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) मा सिरियाकी सात वर्षीया बालिका कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट मुक्त भएकी छिन् ।

लीन बशर नाम गरेकी बालिका अबुधाबीमा रहेको बुर्जिल अस्पतालको आइसोलेशन वार्डमा एक हप्ताको उपचारपछि बिहीबार डिस्चार्ज भएकी हुन् । निको भएर घर फर्किँदै गर्दा ती बालिकालाई अस्पतालका कर्मचारीले लामबद्ध भएर सम्मानका साथ बिदाइ गरेका थिए ।

पछिल्ला तीन स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालबाट डिस्चार्ज भए पनि ती बालिका १४ दिन होम क्वरेण्टीनमा बस्ने छिन् ।

सुख्खा खोकी देखिएपछि र श्वास फेर्न समस्या देखिएपछि गएको अप्रिल १४ तारिखमा ती बालिका अस्पताल भर्ना भएकी थिइन् । अप्रिल ११ तारिखदेखि उनमा कोरोनाको लक्षण देखिएको अभिभावकले बताएका छन् ।

यूएईमा अहिलेसम्म ९ हजार दुई सय ८१ जनामा कोरोनाको सङ्क्रमण देखिएकोमा ६४ जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये एक हजार सात सय ६० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

वि.सं.२०७७ वैशाख १३ शनिवार १५:५९ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...