back
NMB ad

क्यानडा गोलीकाण्ड : प्रेमिका भागेपछि २२ जनाको हत्या, खुल्यो यस्तो तथ्य !

Kumari bank ad

क्यानडा । गत साता क्यानडामा एक पुरुषले अन्धाधुन्ध गोली प्रहार गरी २२ जनाको हत्या गरेको घटनाबारे केही तथ्य खुलेको छ । शुक्रबार प्रहरीले बताए अनुसार ती पुरुषले आफ्नी प्रेमिकाले छाडेर भागेपछि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

तर उनले प्रेमिकालाई यातना दिएका कारण भागेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले ती पुरुषले प्रेमिकालाई यातना दिएको प्रकृतिबारे भने खुलाएको छैन । साथै उनकी प्रेमिका कसरी भागिन् भन्ने पनि प्रहरीले विस्तृतमा जानकारी दिएको छैन ।

प्रहरीका अनुसार ती महिला प्रेमीबाट भागेर जंगलमा पुगेकी थिइन् । स्थानीय मिडियाले ती महिलालाई बाँधिएको अवस्थामा रहेको जनाएका छन् । तर उनको नाम पनि खुलाइएको छैन । हाल उनी प्रहरीको निगरानीमा छन् । साथै उपचार भइरहेको बताइएको छ । ती महिला शनिबार राति भागेर जंगलमा रातभर लुकेको पनि अनुसन्धानमा खुलेको छ ।

त्यतिन्जेलसम्म ५१ वर्षीय पुरुष अभियुक्त गाब्रिएल वर्टम्यानले नक्कली प्रहरीभो भेषमा १३ जनाको हत्या गरिसकेका थिए । त्यहाँबाट फेरि गाडीमा गएर आइतबार बिहान थप ९ जनाको हत्या गरेका थिए । क्यानडामा एकैजनाले यति धेरै मानिसको डरलाग्दो तरिकाले हत्या गरेको पहिलो घटना हो ।

वि.सं.२०७७ वैशाख १३ शनिवार १६:२८ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...