back
NMB ad

१२ जनाले कोरोनालाई जितेर घर फर्किए : स्वास्थ्य मन्त्रालय

Kumari bank ad

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) जित्नेको संख्या १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४९ हजार तीन सय ३६ नमुना परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म १२ जनाले कोरोनालाई जितेका छन्। ८१ वर्षीया वृद्धदेखि १९ वर्षीय युवतीसम्मले कोरोना जितेका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार चितवनमा उपचार गराइरहेका २७ वर्षीय युवाको डिस्चार्ज हुँदैछन् ।

उनले आठ दिनमै कोरोनालाई जितेका हुन्। अन्य ११ जनाको यसअघि नै डिस्चार्ज भइसकेको छ । मन्त्रालयका अनुसार अहिले ३७ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा ३० जनाको उपचार भइराखेको छ ।

अन्य संक्रमितमध्ये पाँच जनाको वीरगञ्जमा उपचार भइराखेको छ भने धनगढी र भरतपुरमा एकएक जनाको उपचार चलिरहेको छ । प्रवक्ता देवकोटाका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

अहिलेसम्म आरडीटी विधिबाट ३९ हजार ६ सय ७० र पीसीआर विधिबाट ९ हजार ६ सय ६६ जनाको गरेर जम्मा ४९ हजार तीन सय ३६ जनामा कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १९ सय ४५ जनाको नमुना परीक्षण गर्दै सबै रिपोर्ट नेगेटिभ आएको छ ।

अहिलेसम्म क्वारेन्टाइनमा १४ हजार सात सय ३१ जना छन् जसमध्ये सबैभन्दा बढी सात हजार बढी सुदूरपश्चिममा छन् । उपत्यकामा ३ र बाहिर ८४ गरेर देशभर ८७ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

शुक्रबार मात्र झापा दमकका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो । आरडीटी विधिमा परिवारका चार जनामा पोजिटिभ देखिए पनि पीसीआर विधिबाट एकजनामा मात्र पोजिटिभ देखिएको हो । संक्रमित पुरुषका छोरा चैत ४ गते विदेशबाट आएको खुलेको छ ।

वि.सं.२०७७ वैशाख १३ शनिवार १६:४७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...