back
NMB ad

आवागमन रोकौँ, उत्पादन र निर्माण खुला गरौँ : मुख्यमन्त्री पौडेल

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनका कारण नेपालमा कोरोना भाइरसले महामारीको रुप लिन नसकेको बताउनुभएको छ ।

सामाजिक संजाल फेशबुकद्वारा मुख्यमन्त्री पौडेलले कोरोना भाइरस महामारीबाट जोगिनका लागि लकडाउनको विकल्प नभएको बताउनुभएको हो ।

‘यो मौसमले खेतीपाती, खनजोत, बालीनाली लगाउने तथा थन्काउने लगायतका कृषि कार्यका लागि उचित व्यवस्था गर्नुपर्ने देखिन्छ, मुख्यमन्त्री पौडेलले लेख्नुभएको छ– लकडाउनलाई परिमार्जन गर्नु आवश्यक देखिन्छ ।’ साथै विकास निर्माणका हिसावले समेत यो मौसमलाई महत्वपूर्ण मानिने हुँदा सम्वन्धित कार्य स्थललाई नै क्वारेन्टाइन मानेर मजदुरको थपघट नगर्नेगरि विकास निर्माणलाई निरन्तरता दिन उचित भएको बताउनुभएको छ ।

यसैगरी निश्चित सिमाहरु सिल गरेर आन्तरिक क्रियाकलापहरु सञ्चालन गर्दा जनजीवन सरल हुनुका साथै रोकिएको आर्थिक क्रियाकलापहरु सूचारु हुनसक्ने उहाँको भनाई छ । कुनैपनि जिल्ला , स्थानीय तह वा उपत्यकाका नाकाहरु बन्द गरेर बाह्य आवागमन रोक्दै र भित्रका आर्थिक क्रियाकलापहरु सञ्चालन गर्दै “आवागामन रोकौं, उत्पादन र निर्माण सूचारु गरौं” भन्ने अवधारणाका साथ अगाडि बढ्नु नै आजको आवश्यकता हो, मुख्यमन्त्री पौडेलले भन्नुभएको छ ।

‘लकडाउन खुकुलो बनेको वा पुरै हटेको अवस्थामा पनि हामीले सावधानी भने अपनाउन आवश्यक छ– पौडेले भन्नुभयो ।’ पौडेलले लेख्नुभएको छ, ‘संक्रमण फैलन मद्धत पुर्याउने खालका हाम्रा दैनिकीहरु , आनीबानी तथा विज्ञहरुले सुझाएका भन्दा बाहेकका क्रियाकलापहरु भने पूर्णरुपमा रोकेर आफू र आफ्नाहरुलाई माहामारीबाट जोगाउन भूमिका निर्वाह गर्नु हरेक नागरिकको कर्तव्य हुने कुरामा दुईमत छैन ।’

वि.सं.२०७७ वैशाख १४ आइतवार ०८:४८ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...