back
NMB ad

लेखा समितिले थाल्यो स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितताबारे छानविन

Kumari bank ad

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद काण्डको छानविन सुरु गरेको छ ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनी चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा एक नीजि कम्पनीलाई बिना प्रतिस्पर्धा सम्झौता गरेको र पछि सो कम्पनीसँग सम्झौता रद्द गरेको थियो ।

समितिले सो सम्बन्धमा छानविन गर्नका लागि सरकारलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन भनेको छ । स्वास्थ्य सेवा विभाग मार्फत् बिना प्रतिस्पर्धा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अघि बढाइएकोमा सो खरिद सम्झौता रद्द गरिएकोले त्यसबारे समितिले छानविन कार्य अघि बढाउन आवश्यक देखेकोले सो प्रकरणको छानविन सुरु गरिएको समितिले जनाएको छ ।

‘सो सम्बन्धमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजातहरु तथा खरिद प्रक्रियामा भए गरेको सम्पूर्ण कागजातहरु सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराइदिनु हुन निर्देशानुसार अनुरोध छ,’ समितिका सचिव डा. रोजनाथ पाण्डेद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई लेखिएको पत्रमा भनिएको छ।

सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता प्रतिबद्धताअनुसार नगरेको भनी चैत १९ गते रद्द गरेको थियो।

वि.सं.२०७७ वैशाख १४ आइतवार १४:४२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...