back
NMB ad

माछापुच्छ्रे बैंकका थापा र न्यौपाने नायव महाप्रबन्धक पदमा बढुवा

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंक लि. मा सहायक महाप्रबन्धकमा कार्यरत सर्जु कुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धक पदमा बढुवा हुनुभएको छ ।

बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बटुलिसक्नु भएका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसन हेर्ने गरी जिम्मेवारी दिइएको छ ।

बैंकिङ्ग क्षेत्रमा २० बर्षको अनुभव भएका सर्जु कुमार थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गर्नुभएको छ । सन् २००० बाट बैंकिङ्ग करियर सुरु गर्नुभएकाथापासंग बैंक अफ काठमाण्डौँ तथा सानिमा बैंकमा काम गर्नुभएको अनुभव छ ।

उहाँ कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापन लगायतका विषयमा पोख्त बैंकरमा पर्नुहुन्छ । विगत ६ वर्षदेखि माछापुच्छ«े बैंकमा आवद्ध थापालाई बैंकिंग क्षेत्रमा बैंकिङ्ग बिजनेसका साथ हाइड्रोपावर फाइनान्सिङको विज्ञ मानिन्छ ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी र काठमाण्डौ विश्वविद्यालयबाट एमबीए गर्नुभएका विश्वम्भर न्यौपानेसंग बैंकिङ्ग क्षेत्रमा२२ बर्षको अनुभव रहेको छ ।

जोखिम व्यवस्थापनमा अब्बल न्यौपानेले समग्र बैंकिंग सञ्चालनमा राम्रो दख्खल राख्नुहुन्छ । साथै, सेल्स र मार्के्टिङ्गमा समेत लामो अनुभव भएका न्यौपाने सन् २००४ देखि माछापुच्छ्रे बैंकमा कार्यरत हुनुहुन्छ । उहाँसंग एभरेष्ट बैंक तथाएन.आइ.सि. बैंकमा विभिन्न भुमिकामा कार्यगर्नु भएको अनुभव रहेको छ ।

वि.सं.२०७७ वैशाख १४ आइतवार १७:१७ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १०:५३

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

आजको मौसम : यी पाँच प्रदेशमा वर्षा हुने   

आजको मौसम : यी पाँच प्रदेशमा वर्षा हुने   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १०:४२

काठमाडौँ, २७ वैशाख : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका...

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने   

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १०:३६

हेमन्त जोशी काठमाडौँ, २७ वैशाख : आगामी आर्थिक वर्षका लागि...

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...