back
NMB ad

धादिङका तीन वटा स्थानीय तहलाई सिड्स नेपालद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

Kumari bank ad

धादिङ । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स नेपालले धादिङका तीन वटा स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

धादिङको थाक्रे गाउँपालिका,धुनिवेशी नगरपालिका र गल्छी गाउँपालिकामा स्वास्थ्य कर्मीहरुका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्री पिपिई हस्तान्तरण गरिएको सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनुभएको छ ।

तिन वटा गाउँपालिकालाई पिपिई सामाग्री सेट ५०, ईन्फेन्डर थर्मल गन ६ वटा र एन ९५ माक्स ३० वटा हस्तान्तरण गरीएको रुपाखेतीले बताउनुभयो ।

थाक्रेगाउँ पालिका अध्यक्ष राम कुमार आचार्य र निमित प्रमुख प्रशासकिय अधिकृत शेस्सकान्त पौडेललाई संस्थाका अध्यक्ष माधव प्रसाद खतिवडा, थाक्रे यूवा परिषद संयोजक मधुसुदन रुपाखेती र कार्यसमिति सचिव विष्णु प्रसाद पौडेल लगाएत सदस्यहरुको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।

यसैगरी संघिय सांसद भुमि त्रिपाठीको आतिथ्यतामा गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ र स्वास्थ्य संयोजकलाई हस्तान्तरण गरिएको थियो ।

यसैगरी धुनिवेशी नगरपालिकाका मेयर वालकृष्ण आचार्य मेयर निरु खरेललाई सँस्थाको तर्फवाट उपलब्ध सामाग्री हस्तान्तरण गरियो । कार्यक्रममा सिड्स नेपाल कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, नेकपा जिल्ला कमिटी सदस्य जिन्दगी थापा,सिड्स कार्यसमिति अध्यक्ष माधव प्रसाद खतिवडा,सदस्य गंगा सुवेदी र थाक्रे यूवा परिषद संयोजक मधुसुदन रुपाखेतीको सहभागीता रहेको थियो ।

सामाग्र बुझ्दै स्थानीय तहका प्रमुखहरुले बिपतीको समयमा सिड्स नेपाल धादिङले सस्थागत विकास सञ्जाल समेतको साझेदारीमा विकासका लागि यूवा नेतृत्व परियोजनाको वचत रकमवाट प्रदान गरिएको सामाग्रीको सहि सदुपयोग गर्ने भन्दै धन्यवाद दिनुभएका छन ।

वि.सं.२०७७ वैशाख १४ आइतवार १७:४४ मा प्रकाशित

You can share this post!

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...