काठमाडौं । सरकारले कोरियन भाषा परिक्षा इपिएस पास गरेकालाई कोरीया पठाउने भएको छ । तत्कालको लागि अरु देशका कामदार रोक लगाए पनि कोरिया जान भने रोक नलगाएको सरकारले जनाएको छ ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।
वि.सं.२०७७ वैशाख १४ आइतवार २०:५५ मा प्रकाशित