back
NMB ad

उत्तर कोरियाको आगामी शासक अब किमकी बहिनी !

Kumari bank ad

सोल । उत्तर कोरियामा नेता किम जोङ उनको शासनपछि उनको परिवारबाटै अर्को सदस्य किमकी बहिनीलाई अघि सारिएको छ ।

पार्टीमा वरियताक्रम अनुसार बहिनी किम यो जो जोङ माथिल्लो तहमा भएकाले पनि उनलाई सम्भावित उत्तराधिकारीको रुपमा अघि सारिएको हो । ३० वर्षीया यो दाजु किमसँगै डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपतिसँगको वार्तामा पनि उपस्थित थिइन् ।

जहाँ उनले आफ्ना दाईको तर्फबाट दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनको निमन्त्रणमा व्यक्तिगत सन्देश दिएकी थिइन् । यससँगै पुरुससत्ताले जकडिएको समाजमा उनी सम्भवतः सबैभन्दा शक्तिशाली महिलाको रुपमा उदाउने सम्भावना रहेको भनी दक्षिण कोरियाली मिडियाले लेखेका छन् । जब कि, उत्तर कोरियामा शासन हस्तान्तरणको जिम्मेवार रक्त नातालाई नै मानिदै आएको छ ।

किमकी बहिनीबारे केही टिप्पणी भने यस्ता पनि छन् कि, यहाँ महिलाको शासन खासै रुचाइँदैन । जसले गर्दा किमकी बहिनी योको शासन सिमित हुनसक्ने केही विज्ञको टिप्पणी छ ।

उत्तर कोरियाको शासन एकै परिवारको तेस्रो पुस्तामा चलिरहेको छ । राजसंस्थाकै शैलीमा किमका हजुरबाले नेतृत्व गरेको शासन किमका बाबु हुँदै किमले २०११ म सम्हालेका हुन् ।

दोस्रो विश्वयुद्धपछि नै किमका हजुरबाले स्वतन्त्रता लडाइँको नेतृत्व गर्दै देशको सर्वोच्च नेता बनेका थिए । हाल किमले उत्तराधिकारी घोषणा नगरेका बेला, उनको स्वास्थ्य बारे अनेक टिप्पणी भइरहँदा पार्टीमा हैसियतका आधारमा शासनसत्ता सम्हाल्ने आगामी शासकको रुपमा उनकी बहिनीबारे समाचार आउन थालेका छन् ।

वि.सं.२०७७ वैशाख १५ सोमवार १५:४४ मा प्रकाशित

You can share this post!

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...