back
NMB ad

काेराेना भाइरसकाे नयाँ ‘हटस्पट’ बन्याे सिङ्गापुर

Kumari bank ad

एजेन्सी । एक समय कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणलाई नियन्त्रणमा लिन सफल भएको भन्दै सिङ्गापुरको प्रशंसा भएको थियो तर अहिले अवस्था अर्कै देखिएको छ । ५० लाख जनसङ्ख्या रहेको सिङ्गापुरमा भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ ।

सिङ्गापुरमा अहिले १३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ । चीन र भारतपछि एसियामा सबैभन्दा धेरै सङ्क्रमित हुनेको देश सिङ्गापुर बनेको छ । तर चीन र भारतको जनसङ्ख्या सिङ्गापुरको भन्दा कैयौँ गुणा धेरै छ । यी दुई देशको जनसङ्ख्या एक अर्बभन्दा धेरै छ ।

हरेक दिन हजारौँको सङ्ख्या परीक्षण गरिरहेको सिङ्गापुर सरकारले जनाएको छ । मुख्यतः प्रवासी मजदुरहरुको परीक्षणमा जोड दिइएको छ किनकि सिङ्गापुरमा प्रवासी मजदुरबाट सङ्क्रमण फैलिन सुरु भएको थियो ।

सिङ्गापुरमा निर्माण क्षेत्रमा काम गर्ने मजदुर धेरैजसो दक्षिण एसियाका छन् । वर्किङ परमिटमा काम गर्ने यी मजदुर एउटै कोठामा सामूहिक रुपमा बस्छन्, जसका कारण भाइरसको सङ्क्रमण उच्च रहन्छ ।

आइतबार सिङ्गापुरमा ९ सय ३१ जना नयाँ सङ्क्रमित थपिएका थिए । यसमध्ये धेरै बाहिरी देशबाट आएका कामदार हुन् । सिङ्गापुरका स्थायी निवासी र नागरिकमा नयाँ सङ्क्रमणको सङ्ख्या मात्र १५ छ । परीक्षणको दायरा बढाएसँगै प्रवासी मजदुरमा सङ्क्रमण अझै धेरै देखिने सम्भावना छ ।

मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ली सेन लङले आफ्नै परीक्षण किट विकसित गर्ने र बनाउनेसँगै बाहिरबाट पनि मगाइरहेको बताएका छन् ।

स्वास्थ्य मन्त्री जान किम योङ्गले भने, ’हामी सबै किसिमको परीक्षण मोडल, विभिन्न किसिमका किट र विभिन्न किसिमका परीक्षण गर्न सक्षम हुन चाहन्छौँ ।’ बाहिरी देशबाट परीक्षण किट मगाउनुको उद्देश्य सिङ्गापुरमा परीक्षण गर्ने क्षमता बढाउनु भएको उनले बताए ।

वि.सं.२०७७ वैशाख १५ सोमवार १६:१४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...