back
NMB ad

अनलाइनमार्फत कक्षा ८ को नतिजा प्रकाशित, कसरी थाहा पाउने ?

Kumari bank ad

स्याङ्जा । फेदिखोला गाउँपालिकाले कक्षा ८ को परीक्षाफल अनलाइनमार्फत प्रकाशित गरेको छ । सोमबार साँझ पालिकाले डिजिटल माध्यमद्वारा आधारभूत तहअन्र्तगत कक्षा ८ को नतिजा प्रकाशन गरेको हो ।

देशभर लकडाउनले प्रभावित बनाइरहेका बेला गाउँपालिकाले भने नतिजा प्रकाशनलाई अनलाइन व्यवस्थापन प्रणालीबाट प्रकाशन गरेको हो।परीक्षार्थीले मोबाइल प्रयोगबाट पनि नतिजा हेर्न पाउने छन् ।

परीक्षार्थीले कक्षा ८ को नतिजा व्यवस्थापन प्रणाली अन्र्तगतको सफ्टवेयर खोली सिम्वोल नम्बर र जन्ममिती जनाएपछि नजिता हेर्न सक्नेछन् । उपयोगकर्तालाई इन्टरनेटको पहुँच भने हुनुपर्दछ । जुनसुकै स्थानमा रहेर पनि आफ्नो नतिजा हेर्न सक्नेगरी सफ्टवेयर निर्माण गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

गाउँपालिकाले विगतदेखि नै डिजिटल अभ्यासलाई निरन्तरता दिँदै आएको छ । लकडाउनका कारण विद्यार्थीमा पढ्ने बानीमा ह्रास आउन नदिने पालिकाको मुख्य उदेश्य हो । पालिकाको परीक्षा समितिको भर्चुअल बैठक बसेर अनलाइन माध्यमबाटै नतिजा प्रकाशन गर्ने निर्णय गरेको सूचना प्रविधि अधिकृत दिपक ओझाले बताए।उनले भने, ’अध्यक्षको राय सल्लाह बमोजिम हामीले डिजिटल प्रविधिको उपयोग एवं विस्तार गरेका हौं ।’

लकडाउनलाई उपयोग गर्दे डिजिटल प्रविधिको उपयोग गरेर नतिजा प्रकाशन गर्ने मुलुकभरका स्थानीय तहमा फेदिखोला पहिलो गाउँपालिका बन्न सफल भएको अध्यक्ष सुवेदीको भनाई छ । ’हामीले एसईई मोडलमा नतिजा तयार पार्ने जमर्को गरेका हौं, उनले भने,’ अन्य वार्षिक परीक्षाको नतिजा पनि २÷४ दिनमै सक्नेगरी जुटका छौं।’

वर्षभरी पढाइमा गरेको परिश्रमको नतिजा लकडाउनका कारण लम्बिएपछि दिक्क बनेका आशिष सुवेदी अहिले खुशी भएका छन् । सिद्धार्थ माध्यमिक बिद्यालयमा अध्ययरत उनी घरमै बसेर नतिजा हेर्न पाएपछि खुशी लागेको बताए। उनीलगायत पालिकाभरका १२ वटा विद्यालयका २ सय १ जनाले आधारभूत तहको परीक्षा दिएका थिए । -अन्नपूर्ण पोष्टबाट

वि.सं.२०७७ वैशाख १६ मंगलवार ११:४५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...