back
NMB ad

गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीबाट कोरोना कोषमा सहयोग

Kumari bank ad

काठमाडौं। गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीहरुले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेका छन् ।

कार्यक्रमका देशभर कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट संकलित सहयोग ३ लाख ८८ हजार ८ सय रुपैयाँ सहयोग गरेका हुन् । कार्यक्रमका संयोजक विद्या सागर पाण्डेयले माननीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालज्यू मार्फत उक्त रकम कोषमा हस्तान्तरण गर्नुभएको हो ।

राज्य संकटमा परेको बेला हरेक नागरिकले आफ्नो तर्फबाट सक्दो सहयोग पुर्‍याउनु सम्पूर्ण नागरिकहरुको दायित्व भएको भन्दै गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गतका कर्मचारीहरुले स्वतस्फुर्त रुपमा सहयोग संकलन गरी सरकारलाई हस्तान्तरण गरेको संयोजक पाण्डेले बताउनुभयो ।

सामान्य परिस्थितिमा समेत दैनिक जीवनयापन गर्न कठिनाइ हुने गरिब तथा बिपन्न परिवारहरु लक्षित यस कार्यक्रमका कर्मचारीहरु बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सिर्जित असहज परिस्थितीमा थप जटिलताबाट कुनैपनि नागरिक गुज्रिन नपरोस् भन्ने उद्देश्यले नेपाल सरकारले संचालन गरेका विभिन्न गतिविधिहरुमा टेवा पुर्‍याउन स्थानीय तह, जिल्ला र केन्द्रमा क्रियाशील रहेको कार्यक्रमका संयोजक पाण्डेयले बताए । हाल यो कार्यक्रम देशका ७७ वटै जिल्लामा संचालनमा रहेको छ ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार १७:३७ मा प्रकाशित

You can share this post!

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...