back
NMB ad

व्यक्तिगत कर्जामा पनि ब्याजदर छुट सुविधा : ‘बैंकर बेखुस, नाफा नै नहुने चिन्ता !’

Kumari bank ad

काठमाडौं । व्यक्तिगत कर्जाका ऋणीले समेत ब्याजदरमा छुट पाउने भएका छन । कोरोनाका कारण प्रभावित भएका ऋणीलाई राहतस्वरूप राष्ट्र बैंकले ब्याजदरमा दुई प्रतिशत बिन्दुले छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।

यो छुट सुविधा व्यावसायिक र व्यक्तिगत कर्जामासमेत पाइने राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले बताए । राष्ट्र बैंकले परिपत्रमार्फत बैंक तथा वित्तीय संस्थालाई २ प्रतिशत ब्याजदर घटाउन निर्देशन दिएको आजको नयाँ पत्रिका दैनिकमा कृष्ण रिजालले समाचार लेख्नुभएको छ । तर, यस्तो ब्याजदर न्यूनीकरणको व्यवस्था व्यावसायिक कर्जामा मात्रै हो कि व्यक्तिगत कर्जामा पनि लागू हुने भन्ने विषयमा अन्योल भएको बैंकर्सको गुनासो छ ।

‘परिपत्रमा व्यक्तिगत वा व्यावसायिक कर्जाका विषयमा केही उल्लेख गरिएको छैन, त्यसैले बैंक तथा वित्तीय संस्थाले तोकिएका क्षेत्रबाहेक सबै प्रकारका कर्जाको ब्याजदर घटाइनुपर्नेछ ।’

परिपत्रमा व्यावसायिक तथा व्यक्तिगत कर्जाको विषय उल्लेख गरिएको छैन । ब्याज छुट नपाउने उद्योग तथा व्यवसायका क्षेत्र भने तोकिएको छ । यसले अन्योल बढाएको भन्दै बुधबार केन्द्रीय बैंकमा बैंकर तथा सर्वसाधारणले चासोसमेत राखेको भट्टले जानकारी दिए । तर, व्यावसायिक कर्जामा मात्रै ब्याजदर घटाइने उल्लेख नगरिएको भन्दै भट्टले व्यक्तिगत कर्जामा पनि ब्याजदर कम हुने जानकारी दिए ।

‘केन्द्रीय बैंकले कोरोनाको असर कम गर्न भन्दै कर्जाको ब्याजदर २ प्रतिशत बिन्दुले घटाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ, तर खाद्यान्न प्रशोधन तथा बिक्री–वितरण, ग्यास उत्पादन तथा बिक्री–वितरणसँग सम्बन्धित व्यवसाय, सोप एन्ड केमिकल्स, औषधि बिक्री–वितरणसँग सम्बन्धित व्यवसाय, इन्टरनेट सेवाप्रदायक, दूरसञ्चार सेवाप्रदायक, टेलिभिजन सेवाप्रदायक, सुर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको हकमा भने ब्याज छुटको व्यवस्था लागू हुनेछैन,’ उनले भने, ‘परिपत्रमा व्यक्तिगत वा व्यावसायिक कर्जाका विषयमा केही उल्लेख गरिएको छैन, त्यसैले बैंक तथा वित्तीय संस्थाले तोकिएका क्षेत्रबाहेक सबै प्रकारका कर्जाको ब्याजदर घटाइनुपर्नेछ ।’

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणले घर, सवारीसाधनलगायत खरिदका लागि लिएको कर्जाको ब्याजदरसमेत घटाउनुपर्ने भट्टले बताए । ‘राष्ट्र बैंकको सर्कुलरमा स्पष्ट रूपमा तोकिएका क्षेत्रबाहेक सबै प्रकारका कर्जाको ब्याजदर घटाइनुपर्ने भनिएको छ, तैपनि सर्वसाधारणमा घर र सवारी कर्जाको ब्याजदर घट्ने कि नघट्ने भन्ने विषयमा अन्योल देखियो,’ उनले भने, ‘यसमा अन्योल हुन आवश्यक छैन, घर तथा सवारी कर्जालगायत व्यक्तिगत कर्जाको ब्याजदरसमेत घट्नेछ ।’

बैंकर बेखुस, नाफा नै नहुने चिन्ता

केन्द्रीय बैंकको निर्देशनप्रति बैंकहरू बेखुस देखिएका छन् । खासगरी २ प्रतिशत बिन्दुले ब्याजदर घटाइनुपर्ने व्यवस्थाले बैंकलाई गम्भीर असर पार्ने भन्दै उनीहरू केन्द्रीय बैंकको निर्देशनप्रति बेखुस भएका हुन् । अधिकांश बैंकका सिइओले यस विषयमा औपचारिक प्रतिक्रिया दिन चाहेनन् । तर, उद्योगी–व्यवसायीको दबाबमा राष्ट्र बैंकले यस्तो निर्देशन ल्याएको उनीहरूले बताए ।

‘अहिले अर्थतन्त्रका अन्य क्षेत्रसँगै बैंक पनि समस्यामा परेको छ, बैंकको पनि व्यवसाय घटेको छ, आम्दानी घटेको छ,’ एक सिइओले भने, ‘अब खराब कर्जा बढ्ने, त्यसका लागि प्रोभिजिङ बढाउनुपर्नेलगायत कारणले यस वर्ष बैंकले नाफा नकमाउने अवस्थासमेत आउन सक्छ ।’ बैंकिङ क्षेत्रलाई कमजोर बनाइए सरकारको राजस्व घट्ने तथा सेयर बजारसमेत प्रभावित हुने बैंकरहरू बताउँछन ।

स्पष्टताका लागि राष्ट्र बैंक जानेछौँ : सिइओ राणा

हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स एसोसिएसनका सल्लाहकार अशोक राणाले परिपत्रका विषयमा थप स्पष्टताका लागि राष्ट्र बैंक जाने बताए ।

‘ब्याजदर घटाउने निर्णय कहिलेबाट लागू हुने ? ब्याजदर घटाउँदा बैंकमा देखिन सक्ने समस्या कसरी सुल्झाउने ? बैंकमा अब बढ्ने खराब कर्जाको विषयमा के निर्णय गर्ने ? प्रोभिजिङ के–कसरी, कति गर्ने भन्नेलगायत विषयमा थप स्पष्टता आवश्यक छ,’ उनले भने, ‘बैंकर एसोसिएसनले यस विषयमा केन्द्रीय बैंकसँग थप स्पष्टता माग्नेछ ।’ केन्द्रीय बैंकले गरेको पछिल्लो निर्णयबाट बैंकमा परेको असरको मूल्यांकनसमेत गर्ने उनले बताए ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार ०७:३८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...