back
NMB ad

सिमेन्ट मिक्सरभित्र १८ मजदुर भेटिएपछि…

Kumari bank ad

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को कारण लकडाउन घोषणा गरिएपछि भारतको विभिन्न ठाउँमा मजदुरहरु अलपत्र परेका छन् । भारत सरकारले गएको अप्रिल २९ गते मजदुरलाई ठूलो राहत दिएको थियो, मजदुर, छात्र र पर्यटकहरु आफ्नो घर जान सक्ने बताएको थियो।

यद्यपि विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरु आफ्नो ज्यान जोखिममा पारेर एक ठाउँदेखि अर्काे ठाउँ जाने कोसिस गरिरहेका छन् ।यस्तै घटना मध्य प्रदेशको इन्दौरमा भेटिएको छ, जहाँ एक सिमेन्ट मिक्सरमा १८ जना मजदुर लुकेर महाराष्ट्रदेखि लखनउ गइरहेका थिए ।

प्रहरीले जाँच गर्ने क्रममा ती मजदुरहरुलाई उज्जैन रोडको पन्थ पिपलाई गाउँ नजिकबाट नियन्त्रणमा लियो । मिक्सरबाट एक एक जना गर्दै मजदुर बाहिर आएपछि प्रहरी पनि हैरान भएको थियो ।

ट्रकको सिमेन्ट मिक्सरका चालक यी मजदुरलाई महाराष्ट्रदेखि इन्दौरसम्म लिएर आइपुगे चेक प्वाइन्टमा ट्रक रोकिएपछि ड्राइभर हडबडाए । त्यसपछि जाँच गर्दा मिक्सरभित्र मानिस देखियो र बाहिर निकालियो । त्यसपछि प्रहरीले मिक्सर नियन्त्रणमा लियो । मिक्सरभित्र रहेका मजदुरहरुलाई एक बगैँचामा रोकिएको छ ।

डीएसपी ट्राफिक उमाकान्त चौधरीले भने, ’शनिबार बिहान इन्दौर–उज्जैन सीमाको पन्त पिपलाई चेक पोस्टमा प्रहरीले एउटा मिक्सर गइरहेको थियो । त्यही समय सुबेदार अमित यादवले सबै निर्माणको काम बन्द भएको बेला मिक्सन कता गइरहेको छ भनेर रोके । त्यसपछि मिक्सरका ड्राइभरले लखनउ जान लागेको बताए । फेरि ती प्रहरी अधिकारी मिक्सरको नजिक पुग्दा त्यहाँ आवाज आइरहेको सुने र ढक्कन खोल्दा मिक्सरभित्र मजदुर भेटिए ।’

महाराष्ट्रबाट आइरहेका मजदुर लकडाउनका कारण घर जान नपाउँदा सास्ती बेहोरिरहेका थिए । केही काम पनि नभएको हुँदा गुजारा गर्न पनि कठिन भइरहेको थियो ।

मिक्सर चालकमाथि सांवेर चौकीमा उजुरी दर्ता गरिएको छ । साथै प्रशासनले ती मजदुरहरुलाई एउटा बसमा लखनउ पठाउने तयारी गरिरहेको छ ।

वि.सं.२०७७ वैशाख २० शनिवार १९:४८ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...