back
NMB ad

पसल खोल्ने समय बढ्यो, अब कति बजेसम्म पाउने ?

Kumari bank ad

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले पसल खोल्ने समय २ घन्टा बढाएको छ । समय बढाएसँगै बिहान १२ बजेसम्म पसल संचालनमा आउनेछन् ।

आइतबार बसेको नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि बिहान १० बजेसम्म मात्र किनमेल गर्ने समय तोकिएको थियो । नगरपालिकाले लकडाउनको अवधिमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १२ बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउन लागेको हो ।

नगरपालिकाका मेयर कृष्णहरी थापाले सबै वडाध्यक्षलाई स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १२ बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।मेयर थापाले सामाजिक दूरी कायम गरी किनमेल गर्न नगरवासीलाई अनुरोध गरेका छन्। अपरान्ह १२ बजे पछि औषधि पसल मात्र संचालनमा आउनेछन्।

ठेलागाडा व्यापारीको हकमा भने यो नियम लागू हुनेछैन । उनीहरुले बिहान ९ बजेसम्म मात्र व्यापार गर्न पाउनेछन्। एग्रोभेट, खाद्यान्न पसल, तरकारी, फलफूल, दुग्ध डेरी,मासु पसल मात्र १२ बजेसम्म संचालनमा आउने नगरपालिकाले जनाएको छ ।

मेयर थापाका अनुसार तोकिएको समय बाहिर पसल संचालन गरेको पाइएमा एक हजार जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ। यस्तै नगरपालिकाको बैठकले स्थानीय विकास निर्माण तथा नगरवासीले सामाजिक दुरी कायम गरी आफ्नो घर निर्माणका लागि स्थानीय मजदुर प्रयोग गर्न सकिने निर्णय गरेको छ ।

नगरपालिकाले दैनिक मजदुरी र विपन्न वर्गलाई राहतस्वरुप खुवाउँदै आएको खाना वैशाख २५ गतेसम्म संचालन गर्ने जानकारी दिएको छ। यस्तै नगरभित्रका होटल तथा अन्य व्यवसाय भने अन्य सूचना प्रकाशित नहुन्जेलसम्मका लागि बन्द गरिएको छ।

कागेश्वरी मनोहरा नगरपालिकामा २ दुईजनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। दुवैजना उपचारपछि स्वास्थ लाभ गरी घर फर्किसकेका छन्।

नगरपालिकाकाको ९ वडा पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकैघरका दुईजनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरु बेलायतबाट काठमाडौं आएका थिए।

वि.सं.२०७७ वैशाख २१ आइतवार १५:३९ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...