back
NMB ad

लकडाउनका कारण ८ लाख लिटर बियर नष्ट हुने सम्भावना

Kumari bank ad

एजेन्सी । लकडाउनका कारण भारतमा ८ लाख लिटर बियर नष्ट हुने त्यहाँका बियर उत्पादक कम्पनीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ ।

लकडाउनका कारण देशभरका बजार तथा उद्योगधन्दा कलकारखाना बन्द भएकाले यस्तो समस्या देखिएको हो । यस्तो अवस्थामा भारतका २ सय ५० भन्दा बढी बियर उत्पादक साना कम्पनीहरुमा क्षति पुग्ने बताइएको छ ।

बन्द भाडामा भन्दा तयारी अवस्थामा राखिएका ताजा बियर नष्ट भइरहेका उत्पादक कम्पनीहरुले बताएका छन् । भारतका उत्तरमा रहेका राज्यहरुमा तयारी अवस्थामा राखिएका ७ सय करोड रुपैयाँ बराबरका बियर बजारमा पुग्न सकेका छैनन् ।

लकडाउनका कारण बेच्न नपाइएकाले बियर नष्ट हुने अवस्था झनै बढ्ने बताइएको छ । यस्तोमा बियर उत्पादन कम्पनीहरुले राज्यले बियर बेच्न दिने अनुमति कुरेर बसेका छन ।

भारतका बियर उद्योगका परामर्शदाता एक जना इसान ग्रोबरले भने, ‘यस बेला बोतलबन्द बियरभन्दा पनि तयारी अवस्थामा राखिएका ताजा बियर नष्ट भइरहेका छन्।

गुरुग्रामका कतिपय कम्पनीले ताजा बियर नालामा बगाइदिएका छन्।’ बियरलाई ताजा अवस्थामा राख्दा विद्युत् खपत झनै बढेको र लकडाउन खुल्ने अवस्था नरहेकाले यस्तो गरिएको हुन सक्ने उनले बताए।

भारतमा पछिल्लो समय बियर खाने मानिसको संख्यामा वृद्धि भइरहेको छ। गर्मी लागेसँगै बियरको माग बढ्ने गर्छ ।

वि.सं.२०७७ वैशाख २२ सोमवार ०९:१९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...