back
NMB ad

उपत्यकाका छिर्ने सबै नाका सिल गर्ने

Kumari bank ad

काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले राजधानी प्रवेश गर्ने सबै नाका सिल गर्नुपर्ने सुरक्षा कार्ययोजना तयार पारेका छन् ।

बाहिरबाट काठमाडौ उपत्यका भित्रिने मानिसबाट कोरोना भाइरसको संक्रमण फैलिन सक्ने उच्च जोखिम औंल्याउँदै काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले विशेष सुरक्षा कार्ययोजना तयार पारेका हुन् ।

अत्यावश्यक सेवा र मानवीय संवेदना बाहेक सबैको आवागमन नियन्त्रण हुने गरी ३ वटै जिल्लाहरुले सुरक्षा कार्ययोजना तयार पारेका छन् । बाहिरबाट मानिसको आवागमन रोक्न सके उपत्यकाभित्र लकडाउन खुकुलो बनाएर दैनिक जीवनयापन र अत्यावश्यक सेवा प्रवाहलाई सहज बनाउँदै लगिने रणनीति अनुसार कार्ययोजना तयार पारिएको जनाइएको छ ।

कार्ययोजनामा काठमाडौ प्रवेश गर्ने सबै नाकामा अस्थायी पूर्वाधार व्यवस्थापन गरी स्वास्थ्यकर्मी सहितको ‘कोरोना डेडिकेटेड’ टोलीलाई एम्बुलेन्ससहित तयारी हालतमा राख्नुपर्ने तथा स्वास्थ्योपचारको व्यवस्थासहित क्वारेन्टाइन स्थल निर्माण गर्नुपर्ने प्रस्ताव छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले नुवाकोटबाट प्रवेश गर्ने बालाजुमाथिको तीनपिप्ले र मुड्खुभज्याङ, सिन्धुपाल्चोक जोड्ने जर्सिङपौवा, काभ्रेबाट प्रवेश गर्ने कात्तिके र जगातीर साँगा, धादिङबाट प्रवेश गर्ने थानकोट तथा मकवानपुरबाट आउने फर्पिङ नाकालाई अत्यावश्यक र मानवीय संवेदनासँग सम्बन्धित बाहेक सिल गरेर आवागमन नियन्त्रण गर्नुपर्ने प्रस्ताव तयार पारिएको जानकारी दिनुभयो ।

सबैतिरका नाकाको स्थलगत निरीक्षणका लागि मंगलबार दिनभर काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको सुरक्षा टोलीले निरीक्षण गरेको थियो । लकडाउन कार्यान्वयन सम्बन्धी कार्ययोजना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा पेस गरिन त्यसपछि मात्रै आवश्यकता र औचित्य हेरेर निर्णय गरिने दाहालको भनाइ छ ।

वि.सं.२०७७ वैशाख २४ बुधवार ०८:५३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...