back
NMB ad

सरकारलाई एआईएनले दियो साढे ४ करोड मूल्य बराबरका स्वास्थ्य सामाग्री

Kumari bank ad

काठमाडौं । एशोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआइएन) ले महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारलाई साढे चार करोड भन्दा बढी मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको समन्वयमा समाज कल्याण परिषदमार्फत एआइएनले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ४ करोड ५२ लाख ८५ हजार भन्दा बढि मूल्यको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

बुधबार काठमाडौंको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा नेपालस्थित अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु आवद्ध सो एशोसिएशनले नेपाल सरकारलाई हस्तान्तरण गरेको सामग्रीहरुमा सर्जिकल मास्क, ह्याण्ड सेनिटाइजर, सर्जिकल स्टिराइल ग्लोभ, डिस्पोजलक्याप, आई गुगल्स, शू कभर, साबुनलगायत रहेका छन् ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि सुरक्षा सामग्रीहरुको अभाव भइरहेका बेला एआईएनले सहयोग गरेकोमा खुसी व्यक्त गरे । त्यस अवसरमा उनले कोरोना भाईरस संक्रमण विस्तार हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री गुरुङले विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि एआइएनले गरेको सहयोेगको खुलेर प्रशंसा गरेका छन् । उनले कोरानाभाइरस रोकथाम तथा नियन्त्रणको कामलाई सरकारले प्रभावकारी ढंगले अघि बढाएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन सबैलाई साथ दिन पनि आग्रह गरे ।

एआईएनका अध्यक्ष अच्युत लुइँटेलले मन्त्री गुरुङको मार्ग निर्देशनमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरणको काम सुरु गरिएको बताए ।

एआईएनले नेपाल सरकारलाई कोरोना भाईरस विरुद्धको अभियानमा करिव २ अरब बराबरको सहायता उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

नेपाल सरकारले संघ–संस्था परिचालन गर्ने कामको जिम्मेवारी मन्त्री गुुरुङलाई दिएपछि उनले सो कामलाई तीव्रता दिएका हुन् । मन्त्री गुरुङको निर्देशनमा संघ–संस्थाहरुले अहिलेसम्म ७५ करोड भन्दा बढीको राहत तथा स्वास्थ्य सामग्रीहरु वितरण गरिएको समाज कल्याण परिषदका निमित्त सदस्य–सचिव शिवकुमार बस्नेतले जानकारी दिए ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १४:३२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...