back
NMB ad

बाँकेमा एकै ठाउँका २३ जना कोरोना संक्रमित

Kumari bank ad

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित कोरोना सङ्क्रमित जोलाहनपूर्वा टोलमा शुक्रबार थप एक युवकमा पोजेटिभ देखिएको छ ।

कोरोना सङ्क्रमण पोजिटिभ देखिएका १६ वर्षीय वडा नम्बर ८ जोलाहनपूर्वा टोलकै भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यसअघि सोही ठाउँका २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो। नेपालगञ्जमा पहिलोपटक यही वैशाख १९ गते वडा नम्बर ७ डिएसपी रोडका ६० वर्षीय पुरुषमा पहिलोपटक सङ्क्रमण देखिएको थियो । दुई दिनअघि बुधबार सङ्क्रमित क्षेत्र वरपर वडा नम्बर ८ बाट लिइएका १३६ स्वाबको परीक्षणका क्रममा एकमा पोजिटिभ देखिएको हो ।

श्रेष्ठका अनुसार दुई दिनअघि यही वैशाख २४ गते नेपालगञ्ज -८ का विभिन्न क्षेत्रमा गरिएको १३० जनाको स्वाबको परीक्षणका क्रममा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो।

एक सय २९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य ६ सहित बिहीवार सङ्कलित ४८ स्वाबको रिपोर्ट आउन बाँकी छ। एक थपिएसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ।

यही वैशाख १९ गते शुक्रबार पहिलोपटक नेपालगञ्जका ६० वर्षीयद्धमा कोरोना पुष्टि भएको थियो। शुक्रबार भेटिएका कोरोना सङ्क्रमित युवकलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचारका लागि पठाइएको श्रेष्ठले जानकारी दिए।

बाँके कारागारमा उच्च सतर्कता

नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि बाँके जिल्ला कारागारले उच्च सतर्कता अपनाएको छ। सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी कैदीबन्दी भेटघाट पूर्णरुपमा बन्द गरी कारागारमा अत्यावश्यकीय कामबाहेक अन्य व्यक्तिको सम्पर्कमा रोक लगाइएको कारागारका प्रमुख देवेन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन्। तीन सय जना क्षमता रहेको कारागारमा अहिले ८०५ छन्। उनीहरुलाई मास्क, स्यानिटाइजर जस्ता सामग्रीका साथै हात धुनका लागि पर्याप्त मात्रामा साबुनपानीको व्यवस्था गरिएको छ।

कारागारमा रहेका दीर्घरोगीलाई भेरी अस्पताल र शिक्षण अस्पतालमा नियमित उपचारको व्यवस्था गरिएको छ। नेपालगञ्जमा साविकको मध्य तथा सुदूरपश्चिमका २५ जिल्लाका कैदीबन्दी आउने गरेका छन्। खासगरी अस्वस्थ कैदीबन्दीलाई उपचारको सुविधाका लागि बाँके जिल्ला कारागारमा ल्याइने गरिएको कारागार प्रमुख श्रेष्ठको भनाइ छ।

कारागारमा अहिले पनि ८० वर्षसम्मका दीर्घरोग भएका कैदीबन्दी छन्। अस्वस्थ भई भेरी अस्पतालमा एक हप्तादेखि उपचाररत नेपालगञ्ज ४ का सीताराम वैश्यको बिहीबार निधन भएको छ। मधुमेह र उच्च रक्तचापका रोगी वैश्यलाई कमलपित्त देखिएपछि उपचारार्थ भर्ना भएकै बेला निधन भएको कारागार प्रमुख श्रेष्ठले जानकारी दिए।

कारागार प्रमुख श्रेष्ठका अनुसार गनापुरमा आठ बिघा क्षेत्रफलमा खुला कारागार निर्माणको काम जारी छ। नौबस्तामा पनि १० बिघा क्षेत्रफलमा तीन हजार कैदीबन्दी अटाउने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ।

वि.सं.२०७७ वैशाख २६ शुक्रवार १९:४१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...