back
NMB ad

वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा खुल्न थाले उद्योग

Kumari bank ad

सुर्खेत । सरकारले लकडाउन खुकुलो बनाउँदै अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्न अनुमति दिएपछि वीरेन्द्रनगर औद्योगिक क्षेत्रका उद्योगहरु खुल्न थालेका छन् ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्रका अनुसार यहाँका २७ मध्ये सात उद्योग सञ्चालनमा आएका छन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख जीवनारायण बञ्जाडेले पानी, दूध, कुखुरापालन, काठसम्बन्धी उद्योगहरुले आंशिक उत्पादन शुरु गरेको बताए ।

‘कच्चा पदार्थ आपूर्ति, मजदुर र यातायातको सुविधा नभएकाले सबै उद्योग सञ्चालन आउन सकेका छैनन’ उनले भने, ‘खुलेका उद्योगले पनि तत्काल कच्चा पदार्थ पाउन समस्या देखियो ।’ कच्चा पदार्थ ढुवानी र मजदुर आवतजावतमा समस्या भएकाले सहजरूपमा सञ्चालन हुने अवस्था नरहेको प्रमुख बञ्जाडेको भनाइ छ ।

राधाकृष्ण उड इन्डस्ट्रिजका सञ्चालक उद्यम बस्नेतले आफूले उद्योग खोले पनि अझै वातावरण सहज नभएको गुनासो गरे । कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने भएकाले उद्योग खोल्नुको मात्रै अर्थ नरहेको उनले बताए ।

छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमण फैलिएपछि कर्णाली प्रदेश सरकारले एक साताका लागि प्रदेश सिल गरेको छ ।जसले गर्दा यहाँका उद्योगले कच्चा पदार्थ ल्याउन पाएका छैनन् ।

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले अत्यावश्यकीय वस्तुबाहेकका अन्य मालसामानको उत्पादन गर्दा पनि बजारमा बेच्न सम्भव नरहेको बताए ।

हाल सरकारले खाद्यान्न, तरकारी र फलफूल पसल मात्रै खोल्न दिएको छ । अध्यक्ष रावतले उद्योग सञ्चालन सहजताका लागि जिल्ला प्रशासनका साथै प्रदेश सरकारसँग आफूहरुले छलफल गरिरहेको जानकारी दिए । -रासस

वि.सं.२०७७ वैशाख २८ आइतवार १३:२३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...