back
NMB ad

फेरि देखियो सामूहिक कोरोना सङ्क्रमण

Kumari bank ad

सउल । कोरोना सङ्क्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो समय राजधानी सउलको इथेवन बजारबाट सामूहिक सङ्क्रमण भएको देखिएको हो । आइतबार ३४ नयाँ सङ्क्रमित देखापरेको दक्षिण कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ । यो सङ्ख्या अप्रिल ९ पछिको सबैभन्दा धेरै हो ।

अन्दाजी २९ वर्षीय एक कोरोना भाइरस सङ्क्रमित इथेवन बजारको विभिन्न रात्रि क्लबहरूमा पुगेपछि त्यहीँबाट सङ्क्रमण शुरु भएको हो ।
उक्त सङ्क्रमित व्यक्ति मे १ र २ तारिखमा विभिन्न रात्रि क्लब र बजारमा पुगेपछि उसको सङ्सर्गमा पुगेका दुई हजार जना बढीमा पनि सङ्क्रमण फैलिन सक्ने अनुमान गरिएको छ ।

त्यसैले यहाँ रहेका नेपाली संस्थाका प्रतिनिधिले पनि उक्त स्थान आसपासमा विशेष सतर्कता अपनाउन सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् । यसरी कोरोना भाइरसको सामूहिक सङ्क्रमण देखापरेपछि दक्षिण कोरिया सरकारले सउल आसपासका सम्पूर्ण क्लब तथा बारहरू बन्द गर्ने निर्णय गरेको छ ।

साथै सङ्क्रमित व्यक्ति पुगेको समयमा क्लबमा उपस्थित सबैलाई सम्पर्कमा ल्याइ स्वास्थ्य परीक्षणको तयारी गरिएको समेत बताएको छ । हालसम्म लकडाउन नगरेरै कोरोना सङ्क्रमण नियन्त्रण गरेको देश दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० हजार ८०० को हारहारीमा छन् भने नौ हजारभन्दा धेरै सङ्क्रमित निको भइसकेका छन् । -रासस

वि.सं.२०७७ वैशाख २८ आइतवार १७:१५ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...