back
NMB ad

लकडाउन उल्लंघन गरेको भन्दै दुई होटल भत्काइयो

Kumari bank ad

एजेन्सी । नाइजेरियाको सरकारले कोरोना भाइरस संक्रमण फैलनबाट रोक्न उद्देश्यसहित लागू गरेको लकडाउनको नियमलाई कथित रुपमा उल्लंघन गर्ने रिभर्स राज्यका दुई होटल भत्काएको छ ।

राज्यका गभर्नर न्येसोम वाइकीको रेखदेखमा इदिमेते होटल र प्रोडेस्ट नामका दुई होटल आइतबार भत्काइएका हुन् । गर्भनरले लकडाउन अवधिभरी होटल खोल्न नपाउने नियम तोडेकोले यी दुई होटल भत्काउनुपरेको जानकारी दिए ।

कोभिड–१९ द्वारा संक्रमित बिरामी राज्यका विभिन्न होटलमा बसिरहेको भेटिएको उनले बताए । यद्यपि, उनले भत्काइएका होटलमा पनि संक्रमित बसे नबसेको बारे भने जानकारी दिएनन् ।

‘हामीले घुस दिन मानेनौं’

दुबै होटलका म्यानेजरलाई पक्राउ गरिएको छ । यद्यपि, प्राडेस्ट होमका मालिकले भने आफ्नो होटल खुल्ला नरहेको दाबी गरे ।‘होटल सञ्चालन गरिएकै थिएन र ७० प्रतिशत कर्मचारीलाई घर पठाइएको थियो,’ गोगोरोबारी प्रोमिस निदामले बीबीसीलाई भने । ‘होटलमा जम्माजम्मी तीनजना व्यक्ति मात्रै थिए ।’

‘अधिकारी आए र घुसको माग गरे । उनीहरुले घुस दिए लकडाउनमा पनि होटल सञ्चालन गर्न दिने बताइरहेका थिए । तर हामीले होटल सञ्चालनमा नआएकोले घुस दिन आफूसँग पैसा नभएको बतायौं,’ उनले भने ।

रिभर्स राज्यका अधिकारीले यस्तो आरोप खण्डन गरे । यो राज्यमा १५ जना संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।राज्यको राजधानी पोर्ट हाकोर्टमा गत बिहिबारदेखि लकडाउन घोषणा गरिएको थियो । पूरा नाइजेरियामा ४ हजार बढी कोरोनाभाइरस संक्रमित छन् ।

स्रोतः बीबीसी

वि.सं.२०७७ वैशाख ३० मंगलवार ०८:४८ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...