back
NMB ad

जनतासहित ग्लोबल आइएमई बैंकको नाफा कति ? यस्तो छ वित्तीय विवरण

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको नौ महिनामा तीन अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा जनता सहितको हो ।

जनता बाहेक ग्लोबल आइएमईको मात्रै भने दुई अर्ब ७० करोड रुपैयाँ रहेको छ। तर लाभांश बाँड्न योग्य नाफा भने जम्मा ५७ करोड ९५ लाख रुपैयाँ मात्रै छ । कोरोनाका कारण ब्याज तथा किस्ता उठ्न नसकेका ऋणलाई प्रोभिजनिङ गर्दा वितरण योग्य नाफामा गिरावट आएको हो ।

मर्जपछि ग्लोबलको सबै सूचकमा उल्लेख्य सुधार आएको छ। निक्षेप संकलन ७६ प्रतिशतले बढ्दा कर्जा लगानी ७९ प्रतिशतले सुधार भएको छ। चैत मसान्तसम्म बैंकले दुई खर्ब एक अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९५ अर्ब रुपैया कर्जा बिस्तार भएको बैंकले जनाएको छ।

बैंकको चुक्ता पुँजी ८४ प्रतिशतले बढेर १८ अर्ब ९७ करोड सहित सबैभन्दा धेरै पुँजी भएको बाणिज्य बैंक बन्न सफल भएको छ। त्यस्तै जगेडा कोषमा ९ अर्ब १४ करोड रुपैयाँ जम्मा भएको छ। पुँजीकोष अनुपात ११.२ प्रतिशत छ।

त्यस्तै खराब कर्जा भने ०.३८ प्रतिशत बिन्दुले बढेर १.१४ प्रतिशत पुगेको छ। जनतालाई मर्ज गरे पछि बैंकको खराब कर्जा बढेको हो। प्रतिशेयर आम्दानी दुई रुपैयाँले घटेर २२ रुपैयाँ छ ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार ०९:०३ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...