back
NMB ad

लकडाउनमा छिमेकीबाटै बलात्कारका घटना बढे : ३४ वटा घटनामध्ये २ सामुहिक, १ बैवाहिक

Kumari bank ad

काठमाडौँ । बन्दाबन्दीको समयमा २४ वटा जिल्लाहरुमा २ सय ३१ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । यस हप्तामामात्र ५५ वटा महिला तथा बालिकामाथि भएको हिंसाका घटना अभिलेखिकरण भएको छ ।

यस अवधिमा अभिलेखिकरण भएका घटनाहरुमध्ये १ सय ३३ वटा घरेलु हिंसा, २१ वटा सामाजिक हिसा, ३४ वटा बलात्कार, ७ वटा बलात्कारको प्रयास, १० वटा यौन दुव्र्यवहार,२ वटा हत्या, २ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, १४ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ वटा हत्याको प्रयासका घटना र ४ वटा साइवर अपराधसँग सम्बन्धीत रहेका छन् ।

घटनामा संलग्न पीडकहरुमा १ सय ५ जना श्रीमान, ४५ जना परिवारका सदस्यहरु, ४६ जना छिमेकी, १२ जनाप्रमी ठानिएका व्यक्ति, ५ जना साथी, ४ जना घरमालिक रहेका छन् भने २५ जना पीडकको पहिचान खुल्न बाँकि रहेको छ ।

यस अवधिमा संकलन भएका ३४ वटा बलात्कारका घटनाहरु मध्ये २ वटा सामुहिक बलात्कार र १ वटा बैवाहिक बलात्कारको घटना रहेको छ । बलात्कारका घटना भने १ वटा श्रीमानबाट, २४ वटा छिमेकीबाट, २ वटा बुवावाट, १ वटा आफ्नै दाजुबाट, १ वटा परिवारका सदस्यवाट र ३ वटा घटना पहिचान नखुलेको व्यक्तिबाट भएको पाईएको छ भने २ वटा सामुहिकबलात्कारका घटनामा २ जना प्रेमीठानिएका व्यक्तिर ११ जनाउनका साथीहरु संलग्न रहेको पाइएको छ ।

सबैभन्दा बढी ७७जनामहिलाहरु १७ देखि २५ बर्ष उमेर समूहका हिंसाबाट प्रभावितभएको पाईएको छ । यस्तैगरी २६ देखि ३५ वर्ष उमेर समूहका ६२जना, ३६ देखि ४५ बर्ष उमेर समूहका ३३जना, ४६ बर्षभन्दामाथिकाउमेर समूहका २० जना महिलाहरु विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन् ।

१६ बर्षभन्दा कम उमेरका ३२ जनाबालिकाहरु हिंसाबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका ७ जना हिंसाबाट प्रभावित भएका छन् ।

संस्थामा अभिलेखिकरण भएका घटनाहरुमध्ये १ सय २ जना प्रहरीमा उजुरी दर्ताका लागि गएको, ३० जना मेलमिलाप समितीमा गएको, ३० जना हिंसा सहन नसकेर आमाबुवाको घरर आफन्तकोमागएर बसिरहेका र ६९ जना प्रभावितले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरि नसकेकोर वातावरण सहज भएपछि सम्बन्धीत निकायमा जाने बताएका छन् ।

सुझावहरु :

१. प्रत्येक स्थानीय तहमा हिंसा विरुद्ध उजुरी गर्न प्रोत्साहन गर्ने र हिंसामुक्त जीवन बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चितताका लागि हिंसा प्रभावित वा कुनै पनि प्रकारको अप्ठ्यारोमा परेका महिलालाई तत्काल उजुरी दिने र आवश्यक सम्बोधनका लागि हटलाईनको व्यवस्था गर्नुेपर्ने । उजुरी गर्नका लागि सहज वातावरणको सिर्जनागर्नुका साथै आवश्यकता अनुरुप सुरक्षा आवास, मनोपरामर्श, स्वास्थ्य तथा कानुनी सहयोग सेवालाई संक्रमणको सुरक्षा अपनाई निरन्तरता दिनुपर्ने ।

२. सबै स्वास्थ्य संस्थाहरुमा गर्भवती र सुत्केरी महिलाहरुका लागि आवश्यक पर्ने सेवाहरु र बच्चाको अनिवार्य खोप सेवालाई नियमित सुचारु गर्नुपर्ने । बर्थिंग सेन्टर, प्राथमिक स्वास्थ्यचौकी, अस्पताललाई नियमित सेवा प्रदान गर्नका आवश्यक सुरक्षा सामाग्रिहरु प्रदान गर्नुपर्ने । साथै परिवार नियोजनका साधनहरुको उचित व्यवस्थापन र समुदायमा यसको पहुँचहुने वातावरण तयार गर्नुपर्ने ।

३. केहि स्थानीय पालिकाहरुले क्वारेन्टाईनमा मनोपरामर्श सेवा सुचारु गरेका छन् । विश्व स्वास्थ्य संगठनले समेत प्रत्येक क्वारेन्टाईनमा मनोपरामर्श सेवा अनिवार्य हुनुपर्ने जनाएको छ यसर्थ प्रत्येक क्वारेन्टाईनमा मनोविमर्शकर्ताको व्यवस्था गर्नुपर्ने र बढी प्रभावित क्षेत्रहरुमा अनिवार्य रुपमा मनोपरामर्श सेवाप्रवाह गर्नुपर्ने ।

४. महिला तथा वालिकाहरुमाथि क्वारेन्टाइन स्थलमा हुनसक्ने संभावित हिंसा तथा जोखिमलाई मध्यनजर गर्दै महिला तथा वालिकाहरुका लागि छुट्टै क्वारेन्टाइन स्थलको व्यवस्था गर्नुपर्ने । महिला तथा बालिकाहरु राखिएको क्वारेन्टाइनमा अनिवार्य रुपमा महिला सुरक्षाकर्मीको व्यवस्था, महिलाका लागि आवश्यक सेनिटरी प्याड लगायत अन्य सामाग्रीको अनिवार्य व्यवस्था, सानो बच्चाहरु समेत रहेका क्वारेन्टाइनमा बच्चाका लागि आवश्यक पौष्टिक आहार र खेल सामाग्रीको व्यवस्थागर्नुपर्ने ।

हिंसा प्रभावितका लागि सुरक्षित आवास सेवा प्रदान गर्दै आएको, यस संस्था ओरेकले, यस महामारीको अवस्थामा हिंसामा परेका र उजुरी गर्न चाहने व्यक्तिका लागि व्यक्तिगत सुरक्षाका उपाय सहित हाल ६ वटा जिल्लाहरुमा (मोरगं, उदयपुर, धनुषा, कैलाली, दागं, र काठमाण्डौं) स्थानीयतहसँगको समन्वयमा, सुरक्षा आवासको सेवा प्रदान गरिरहेको छ ।

संस्थासँग आबद्ध मनोविमर्शकर्ताले फोन र सामाजिक दुरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट कोभिड–१९ को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित २३८ र२२४ हिंसा प्रभावितरप्रभावितको परिवारका सदस्य गरी जम्मा ४६२ जनालाई यस अवधिमा मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघ संसस्थाहरुबाट, यी घटनाहरु अभिलेखिकरण गरिएको छ । यीमध्ये १७ वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएको ओरेकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ । न्युज अफ नेपालबाट

वि.सं.२०७७ वैशाख ३० मंगलवार १८:०० मा प्रकाशित

You can share this post!

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:५८

काठमाडौँ, २७ वैशाखः काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा...