back
NMB ad

कोरोना अपडेट : २१९ जनामा संक्रमण, ३५ जना निको भए, कुन प्रदेशमा कति संक्रमित ? (भिडियो सहित)

Kumari bank ad

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार दुई जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २१९ पुगेको हो ।

बुधबार बाँकेका ३६ वर्षीय र कपिलवस्तुका २२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। धुलिखेल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका काठमाडौंमा उनीहरुको नमुना परीक्षण गरिएको थियो।

अहिलेसम्म कर्णालीबाहेक ६ प्रदेशका ३१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा झापा, भोजपुर र उदयपुर जिल्लामा संक्रमण देखिएको छ। प्रदेश १ मा कुल संक्रमितको संख्या ३५ छ ।

प्रदेश २ मा संक्रमितको संख्या सबैभन्दा बढी ९६ छ। प्रदेश २ का सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी बागमती प्रदेशमा ९ जनामा कोरोना पुष्टि भएको छ। यसरी पुष्टि हुने काठमाडौं, भक्तपुर, धादिङ र चितवन जिल्लाका छन् । सँगै गण्डकी प्रदेशमा २ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरु बागलुङ जिल्लाका हुन् ।

त्यसैगरी प्रदेश ५ का कपिलवस्तु, रुपन्देही, बाँके र बर्दिया गरेर चार जिल्लाका ७२ व्यक्ति संक्रमित छन् भने सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर गरेर दुई जिल्लाका संक्रमितको संख्या १९ रहेको छ ।

नेपालमा कुल २१९ जनामा कोरोना पुष्टि हुँदा १७६ पुरुष र ४३ महिला छन्। त्यसैगरी बुधबार दुई जनाले कोरोना जितेका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३५ पुगेको छ ।

आजै बुधबार बुटवलमा उपचार गराइरहेका २५ वर्षीय पुरुष ११ दिनमा र चितवनमा २६ दिनदेखि उपचार गराइरहेकी ६३ वर्षीय महिला डिस्चार्ज भएकी हुन्।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १७:१६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...