back
NMB ad

सवारी आवागमनमा झन् कडाइ : गृह मन्त्रालयको यस्तो छ नयाँ व्यवस्था

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिदै गएपछि गृहमन्त्रालयले आवतजावतमा कडाई गर्ने निर्णय गरेको छ । मन्त्रालयले एक जिल्लादेखि अर्को जिल्लामा अनुमति दिइएका र जिल्लाभित्र आवतजावत गर्न दिइएका ई-पास र अन्य पास रद्ध गर्ने निर्णय गरेको हो ।

तर वर्तमान लकडाउनको समयमा विभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट मन्त्रालयको निर्णयमा केही अस्पष्टता भएको गुनासो आएपछि शुक्रबार विज्ञप्ति जारी गर्दै थप स्पष्ट गराएको छ ।

शनिबार बिहानसम्म नेपालमा बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ ।

गृहले सवारी पास नलिइकन यात्रा शुरु गर्ने, मालबाहक सवारी साधनमा यात्रा गर्ने, लुकीछिपी स-साना गोरेटो बाटो, वन जंगलबाट यात्रा गर्ने, अति आवश्यक काम नपरी यात्रा गर्नाले यात्रा जोखिमपूर्ण हुनुको साथै कोभिङ–१९ को संक्रमणको जोखिम बढ्ने भएकोले त्यसो नगर्नु नगराउनु अनुरोध गरेको छ।

गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान कठिन अवस्थामा सकेसम्म यात्रा नगर्ने, अति आवश्यक काम परी यात्रा गर्ने पर्ने भएमा माथि उल्लेखित प्रावधान बमोजिम गन्तव्य स्थलसम्मको सवारी पास लिएर मात्र घरबाट वा आफु रहेको स्थानबाट यात्रा शुरु गरिदिनुहुन सम्पुर्ण नेपाली नागरिकहरूमा गृह मन्त्रालय पुनः हार्दिक अनुरोध गर्दछ।’

यस अगाडि जारी पासलाई रद्द भएपनि अति आवश्यक काम पर्नेहरुलाई सवारी पास आवश्यक परेमा कारणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी पुनः नयाँ सवारी पास लिन सकिने व्यवस्था भएको जनाएको छ ।गृहले संचारकर्मीहरुको हकमा साविकमा रहेको प्रावधान ‘प्रेस पास प्राप्त संचारकर्मीहरु’ लाई सवारी पास आवश्यक नपर्ने जनाएको छ ।

यस्तो छ नयाँ व्यवस्था :

जिल्ला प्रशासन कार्यालयबाट विगतमा जारी गरिएको एक जिल्लाबाट अर्को जिल्लामा जाने सबै प्रकारका सवारी पासहरु मिति २०७७/०२०१ गतेदेखि र जिल्लाभित्रको लागि जारी गरिएका सवारी पासहरु मिति २०७७/०२/०३ गतेदेखि लागू हुने गरी रद्द गरिएको ।

-अति आवश्यक काम पर्नेहरुलाई सवारी पास आवश्यक परेमा कारण सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी पुनः नयाँ सवारी पास लिन सकिने । काठमाडौं उपत्यकाको हकमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको वेबसाइट (daokathmandu.moha.gov.np) मा रहेको सूचना हेरी नियामक निकाय तोकिएको हकमा सम्बन्धित नियामक निकायमा सम्पर्क राखी सवारी पास लिन सकिने र नियामक निकाय नतोकिएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी पुनः नयाँ सवारी पास लिन सकिने ।

– संचारकर्मीहरुको हकमा साविकमा रहेको प्रावधान “प्रेस पास प्राप्त संचारकर्मीहरु“ लाई सवारी पास आवश्यक नपर्ने भन्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएकोले सोही बमोजिम हुने । संचार गृहले अन्य प्रयोजनको लागि सवारी पास लिएको भए र अव पनि पुनः आवश्यक पर्ने भएमा बुदा नं.२ बमोजिम हुनेरगर्ने ।

-एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी सवारी पास जारी गर्नुपर्ने अवस्था भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गन्तव्य जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति लिएर मात्र सवारी पास जारी गर्ने । काठमाण्डौं उपत्यकाको हकमा उपत्यकाको एक जिल्लाबाट जारी भएको पासले उपत्यकाकै अर्को जिल्लामा यात्रा गर्न बाधा पर्ने छैन । काठमाण्डौं उपत्यकाको लागि सवारी पास जारी गर्नुपर्ने भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र सवारी पास जारी गर्ने ।

-आधिकारिक निकायबाट सवारी पास नलिइकन यात्रा शुरु गर्ने, मालबाहक सवारी साधनमा यात्रा गर्ने, लुकीछिपी स(साना गोरेटो बाटो, वन जंगलबाट यात्रा गर्ने, अति आवश्यक काम नपरी यात्रा गर्नाले यात्रा जोखिमपूर्ण हुनुको साथै कोभिड–१९ को संक्रमणको जोखिम बढ्ने भएकोले त्यसो नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

तसर्थ वर्तमान कठिन अवस्थामा सकेसम्म यात्रा नगर्ने, अति आवश्यक काम परी यात्रा गर्नै पर्ने भएमा माथि उल्लेखित प्रावधान बमोजिम गन्तव्य स्थलसम्मको सवारी पास लिएर मात्र घरबाट वा आफु रहेको स्थानबाट यात्रा शुरु गरिदिनुहुन सम्पुर्ण नेपाली नागरिकहरूमा गृह मन्त्रालय पुनः हार्दिक अनुरोध गर्दछ ।

वि.सं.२०७७ जेठ ३ शनिवार १०:४७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...