back
NMB ad

नीति तथा कार्यक्रममाथि संसदमा आइतबार र साेमबार छलफल हुने

Kumari bank ad

काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल प्रतिनिधिसभामा यही जेठ ४ र ५ गते हुने भएको छ । शनिबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिले दुई दिन मात्रै नीति तथा कार्यक्रममाथि छलफल गर्ने निर्णय गरेको हो ।

त्यस्तै, ६ गते छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यतालिका तय भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठक नीति तथा कार्यक्रममाथिको छलफल कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेको थियो ।

कोरोना संकटलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षा अपनाएर बैठक बस्ने बताइएको छ । सांसदहरूलाई सिट हेरफेर नगर्नसमेत भनिएको छ ।
सांसदहरू सुरुका दिनदेखि जुन सिटमा बसेको हो त्यही सिटमै बस्नुपर्नेछ ।

त्यस्तै, छलफल छोटो बनाउने गरी बैठक अघि बढाउनेसमेत निर्णय भएको छ । गत बर्ष भने बैशाख २१ मै नीति तथा कार्यक्रम आएको थियो । नीति तथा कार्यक्रममाथि २२ देखि २४ सम्म तीन दिन चलेको थियो ।

वि.सं.२०७७ जेठ ३ शनिवार १६:०६ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:२८

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक,...

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५५

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा...

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४३

काठमाडौँ, ८ जेठः सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको...