back
NMB ad

बाेल्न नसक्ने बालिकालाई झाडीमा लगेर बलात्कार

Kumari bank ad

सप्तरी । जन्मजात बोल्न नसक्ने अपाङ्गता भएकी एक बालिका बलात्कारको आरोपमा यहाँको अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम राम पक्राउ परेका छन् । आरोपितलाई गाउँलेले घटनास्थलबाटै नियन्त्रणमा लिई प्रहरी चौकी पकरीलाई बुझाएको सप्तरी प्रहरीले जनाएको छ ।

गाईबस्तु चराउन गएकी अपाङ्ता भएकी १२ वर्षीया बालिकालाई झाडीमा बलात्कार गरेको देखेपछि एक गाउँलेले अन्य गाउँलेलाई बोलाएर नियन्त्रणमा लिएका हुन् । पीडितको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा बिहीबार स्वास्थ्य परीक्षण र उपचार भएको छ । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । आरोपितले बलात्कार गरेको स्वीकारेका छन् । प्रहरी चौकी पकरीले थप कारवाहीका लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ ।

लकडाउनको अवधिमा यसअघि १२ र १६ वर्षीया बालिकालाई बलात्कार गरेका छुट्टाछुट्टै घटनाका दुई आरोपित घटनास्थलबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीको तथ्याङ्कमा उल्लेख छ । घरमा सुतिरहेकी १६ वर्षीया बालिकालाई वैशाख २१ गते राति बलात्कार गरेको आरोपमा राजगढ गाउँपालिका–४ बेल्ही चपेना छातापुर टोलका २५ वर्षीय शम्भुकुमार राम घटनास्थलबाटै पक्राउ परेका थिए । घटनास्थलबाटै पक्राउ परेका आरोपितलाई गाउँलेले नियन्त्रणमा लिई कुटपिट गरेर सुरक्षा बेस क्याम्प पत्थरगाढाको जिम्मा लगाएका थिए ।

यसैगरी १२ वर्षीया बालिकालाई वैशाख ३ गते राति बलात्कार गरेको आरोपमा राजगढ गाउँपालिका–२ कमलपुरका २० वर्षीय रामजीवन यादव पक्राउ परेका थिए । उनी हालै जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि राजविराज कारगारमा थुनामा परेका छन् । पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला आरोपितले जबर्जस्ती नियन्त्रणमा लिई नजिकैको चौरमा लगी बलात्कार गरेको पीडितले बताएकी थिइन् ।

लकडाउनका बेला उत्पन्न सुनसान अवस्थाको मौका छोपेर बलात्कारका घटना हुने गरेको प्रहरीले जनाएको छ । प्रहरी, प्रशासन सबै निकाय लकडाउन कार्यान्वयनमा केन्द्रित भएका बेला बलात्कारका घटना अझ धेरै भएको अधिवक्ता गजराज पाण्डेको भनाइ छ । लकडाउनका बेला पक्राउ परेका घटना तीनवटा भए पनि उजुरी दर्ता नभएका, पक्राउ नपरेका र उजुरी नआएका धेरै घटना सार्वजनिक हुन नसकेको अधिवक्ता पाण्डेले बताए । रासस

वि.सं.२०७७ जेठ ३ शनिवार १६:१५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...