back
NMB ad

उच्चस्तरीय समन्वय समितिको बैठक सुरु

Kumari bank ad

काठमाडौं । कोरोना भाइर (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सुरु भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समिति बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा सुरु भएको हो ।

बैठकमा, कोरोना नियन्त्रणमा भइरहेका प्रयास, लकडाउनको प्रभावकारिता, लकडाउनको समय थप गर्नेलगायत विभिन्न विषयमा छलफल गर्दैछ । उच्चस्तयरीय समितिकै सिफारिसमा आजै बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको निर्णय गर्ने तयारी छ ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो ।

त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९१ जना पुगेको छ भने एक सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएको छ ।

वि.सं.२०७७ जेठ ४ आइतवार १५:२१ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...