back
NMB ad

आजैदेखि कर्फ्यु जारी गर्ने निर्णय !

Kumari bank ad

धादिङ । थाक्रे गाउँपालिका–८ स्थित जुँगेखोलामा बसोबास गर्ने एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उक्त क्षेत्र सिल (बन्द) गरिएको छ ।

जेठ ६ देखि ११ गतेसम्म पाँच दिनका लागि सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए । पूर्वमा धार्केखोला पुल, पश्चिममा आठकिला मोड, उत्तरमा महेश खोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालयबीचको क्षेत्रलाई सिल गर्ने निर्णय भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा थाक्रे गाउँपालिकामा जेठ ६ गते बसेको जिल्ला सुरक्षा समिति र स्थानीय जनप्रतिनिधिको बैठकले गाउँबाट कोही मानिस बाहिर जान नपाइने र भित्र आउन नपाइने गरी सिल गरिएको छ ।

बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा २ बमोजिम जेठ ६ गतेदेखि ११ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । बैठकले उल्लिखित चार किल्ला क्षेत्रभित्र पूर्ण सिलबन्दी गर्ने, पूर्णरुपमा आवतजावत बन्द गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सुरक्षा व्यवस्था मिलाउने र आवश्यकताअनुसार नेपाली सेनाले भेइकल पेट्रोल गर्नेलगायत निर्णय गरेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिए ।

कोरोना सङ्क्रमित काठमाडौँको बागबजारमा व्यवसाय गरेर बस्ने गरेका थिए । उनी गत चैत ११ गते थाक्रेस्थित गाउँ आएर २८ गते काठमाडौँ नै फर्किएका थिए । गाउँको स्थानीय व्यक्तिलाई कोरोनाको सङ्क्रमण देखिएपछि अहिले थाक्रे–८ को जुँगेखोला क्षेत्रलाई जिल्ला सुरक्षा समितिले सिल गरेको छ । सङ्क्रमित व्यक्ति लामो समयसम्म गाउँमा बसेर काठमाडौँ गएकाले उनको सम्पर्कमा रहेका व्यक्तिलाई खोजतलास गर्नका लागि वडाअध्यक्ष, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली बनाइएको छ । कन्ट्र्याक ट्रेसिङ गरिएपछि सबैको कोरोना परीक्षण गरिने योजना रहेको छ ।

यसैगरी जेठ ५ गते धादिङबेँसीमा ११४, गजुरीमा ७५, गल्छीमा ३५ ज्वालामुखीमा ६ जनाको कोरोना द्रुत परीक्षण (आरडिटी) परीक्षण गरिएकामा धादिङबेँसीमा तीन र गजुरीमा तीन गरी ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाको स्वाब जम्मा गरी परीक्षणका लागि पठाइने छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई केन्द्रित गरी आरडिटी परीक्षण गरिएको हो । दोस्रोपटक आएको आरडिटी किट धादिङका १३ स्थानीय तहमा बाँडिएको छ । राससधादिङ । थाक्रे गाउँपालिका–८ स्थित जुँगेखोलामा बसोबास गर्ने एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उक्त क्षेत्र सिल (बन्द) गरिएको छ ।

जेठ ६ देखि ११ गतेसम्म पाँच दिनका लागि सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए । पूर्वमा धार्केखोला पुल, पश्चिममा आठकिला मोड, उत्तरमा महेश खोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालयबीचको क्षेत्रलाई सिल गर्ने निर्णय भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा थाक्रे गाउँपालिकामा जेठ ६ गते बसेको जिल्ला सुरक्षा समिति र स्थानीय जनप्रतिनिधिको बैठकले गाउँबाट कोही मानिस बाहिर जान नपाइने र भित्र आउन नपाइने गरी सिल गरिएको छ ।

बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा २ बमोजिम जेठ ६ गतेदेखि ११ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । बैठकले उल्लिखित चार किल्ला क्षेत्रभित्र पूर्ण सिलबन्दी गर्ने, पूर्णरुपमा आवतजावत बन्द गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सुरक्षा व्यवस्था मिलाउने र आवश्यकताअनुसार नेपाली सेनाले भेइकल पेट्रोल गर्नेलगायत निर्णय गरेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिए ।

कोरोना सङ्क्रमित काठमाडौँको बागबजारमा व्यवसाय गरेर बस्ने गरेका थिए । उनी गत चैत ११ गते थाक्रेस्थित गाउँ आएर २८ गते काठमाडौँ नै फर्किएका थिए । गाउँको स्थानीय व्यक्तिलाई कोरोनाको सङ्क्रमण देखिएपछि अहिले थाक्रे–८ को जुँगेखोला क्षेत्रलाई जिल्ला सुरक्षा समितिले सिल गरेको छ । सङ्क्रमित व्यक्ति लामो समयसम्म गाउँमा बसेर काठमाडौँ गएकाले उनको सम्पर्कमा रहेका व्यक्तिलाई खोजतलास गर्नका लागि वडाअध्यक्ष, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली बनाइएको छ । कन्ट्र्याक ट्रेसिङ गरिएपछि सबैको कोरोना परीक्षण गरिने योजना रहेको छ ।

यसैगरी जेठ ५ गते धादिङबेँसीमा ११४, गजुरीमा ७५, गल्छीमा ३५ ज्वालामुखीमा ६ जनाको कोरोना द्रुत परीक्षण (आरडिटी) परीक्षण गरिएकामा धादिङबेँसीमा तीन र गजुरीमा तीन गरी ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाको स्वाब जम्मा गरी परीक्षणका लागि पठाइने छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई केन्द्रित गरी आरडिटी परीक्षण गरिएको हो । दोस्रोपटक आएको आरडिटी किट धादिङका १३ स्थानीय तहमा बाँडिएको छ । रासस

वि.सं.२०७७ जेठ ६ मंगलवार १५:५० मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...