back
NMB ad

घुस बुझाउने कर्मचारी अख्तियारको फन्दामा

Kumari bank ad

विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ ।

डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेको थिए ।

झा ले उक्त रकम खाममा पौडेलको कार्यकक्षस्थित टेबलको घर्रामा राखि दिएका थिए । खाम आफ्नो टेबलको घर्रामा झाले राखिदिएपछि पौडेलले यो के हो भनेर सोध्दा नभनेको पौडेलले बताएका छन् ।

साथै झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्विकार गरेको बताएका छन् । उक्त घटना भएपछि शाखा अधिकृत पौडेलले भष्ट्राचार जन्य कसुरमा सजाय गराई पाउँ भनि निवेदन दिएका थिए ।

यो घटनाको सामान्य जानकारी पाएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिदै घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिनु भएको थियो ।

लगत्तै अख्तियारको इटहरीस्थित कार्यालयले झा लाई प्रक्राउ गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा महिनौ देखि अन्य मन्त्रालय तथा कार्यालयहरुको फाइल रोकिदै आएको गुनासो हुने गरेको छ ।

भर्खरै मात्र पौडेल रहेको महाशाखाका प्रमुख उप सचिव हरिहर पौडेलको सरुवा भएको थियो । उक्त शाखामा कर्मचारीहरुले दुःख दिनुका साथै फाएल समेत हराउने, फ्याकिने र च्यातिने गरेको गुनसो अन्य मन्त्रालयका कर्मचारीहरुले गर्दै आएका थिए ।

वि.सं.२०७७ जेठ ७ बुधवार १७:२७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...