back
NMB ad

मुलुकभरका क्वारेन्टीनको अवस्था सुधार्न प्रधानमन्त्रीको निर्देशन

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलुकभरका क्वारेन्टीनको अवस्था सुधार्न निर्देशन दिनुभएको छ । काठमाडौंको छाउनीस्थित नेपाली सेनाको कार्यालयमा स्थापित कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभरका क्वारेन्टीनको अवस्था राम्रो नरहेको सूचना आइरहेकाले सुधार्न निर्देशन दिनुभएको हो ।

बैठकमा जेठ २० मा लकडाउनको अवधि सकिएपछि सरकारले लिने कदम र रणनीति, विदेशबाट ल्याउनु पर्ने नागरिकको संख्या र व्यवस्थापनबारे प्रधानमन्त्री ओलीले चासो राखेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव एवं सीसीएमसीका संयोजक महेन्द्रप्रसाद गुरागाईँले अहिलेको अवस्थाबारे जानकारी गराएका थिए ।

ब्रिफिङमा तत्काल १३ लाख ५० हजार नेपालीलाई स्वदेश फर्काउन सकिने गरी तयार पारिएको प्रस्तावित योजना पेश भएको जनाइएको छ । जसमा जहाजबाट १० लाख र भारतबाट ३ लाख ५० हजार ल्याउन सकिने सीसीएमसीको निचोड छ ।

भारतबाट आएकामध्ये करिब १५ प्रतिशत कोरोना संक्रमित हुने अनुमान पनि गरिएको छ । विदेशबाट आउनेहरूलाई सीमाना र विमानस्थलदेखि कसरी उनीहरूको घरसम्म लैजाने भन्ने योजना पनि बनाइएको छ । कोराना भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि सरकारले सेन्टरको स्थापना गरेको थियो ।

वि.सं.२०७७ जेठ ७ बुधवार १८:०४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...