back
NMB ad

१३ सुरक्षाकर्मी कोरोना संक्रमित

Kumari bank ad

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायब निरीक्षक र ट्राफिक प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ । चार दिनअघि मात्रै उनीहरूको स्वाब संकलन गरिएको थियो ।

दुई सुरक्षाकर्मीमा कोरोना देखिएसँगै वृत्त र ट्राफिक प्रहरी प्रभागमा कार्यरत एक सय ४५ जना सुरक्षाकर्मीलाई आइसोलेसनमा राखिएको छ ।
संक्रमित दुई सुरक्षाकर्मी सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि राखिएको छ । कालिमाटी वृत्त र ट्राफिक प्रभाग मातहतका सबै प्रभाग र बिट सिल गरिएको छ ।

त्यहाँ काम गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी मुख्यालयबाट सुरक्षाकर्मी परिचालित छन । यसअघि नेपाली सेनाको मध्यपूर्वी पृतनापति एवं उपरथी र सैनिक जवानलाई कोरोना संक्रमण भएको थियो।

यससँगै हालसम्म पूर्वगृहमन्त्री भीम रावलका पूर्व पीएसओसहित सशस्त्र प्रहरीका तीन, नेपाल प्रहरीका सात र राष्ट्रिय अनुसन्धान विभागका एक जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको गृह मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण फैलन नदिन सरकारले अग्रपंक्तिमा यिनै सुरक्षा निकायलाई खटाउँदै आएको छ । सवारी जाँचदेखि संक्रमित फेला परेका स्थान सिल गर्न सुरक्षाकर्मी परिचालित छन ।

सुरक्षाकर्मी नै संक्रमणको चपेटामा परेपछि सर्वसाधारणमा थप त्रास सिर्जना भएको छ । तर, नआत्तिन सुरक्षा निकायले आग्रह गरेको छ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कोरोना संक्रमणले कुनै पद वा निकाय नभन्ने भएकाले सबैलाई नआत्तिन आग्रह गरेका छन ।

अग्रपंक्तिमा सुरक्षा निकाय नै खटिने भएकाले जोखिम बढ्न नदिन ड्युटीमा खटिँदा संवेदनशील भएर काम गर्ने सबैलाई एलर्ट गरिएको जानकारी ज्ञवालीले दिए । उनले भने, ‘जिल्लामा रहेका आइसोलेसन वार्ड र क्वारेन्टाइनमा बसेकाको सुरक्षासँगै सुरक्षाकर्मी स्वयंले पनि स्वास्थ्यलाई ध्यान दिन परिपत्र जारी गरेका छौं।’

ज्ञवालीले उपत्यकाको कालिमाटी वृत्तमा दुई जनालाई कोरोना संक्रमण देखिएसँगै प्रहरीका सकल दर्जा सबैलाई एलर्ट रहन निर्देशन दिएको बताए। -अन्नपूर्ण पोष्टबाट

वि.सं.२०७७ जेठ ८ बिहीवार ०८:०९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...