back
NMB ad

गलकोटमा खरको छाना विस्थापित गर्ने अभियान सुरु

Kumari bank ad

थम्मन थापा, बागलुङ । गलकोट नगरपालिकाले नगरलाई खरको छाना मुक्त बनाउने अभियान सुरु गरेको छ । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे र नगर उपप्रमुख रेणुका काउचा मगरले संयुक्त रूपमा वडा नम्बर ६ मा ३ घर परिवारलाई जस्ता पाता हस्तान्तरण गरि अभियान शुभारम्भ गर्नुभएको छ ।

नगर गौरवको योजना अन्तर्गत अभियान शुभारम्भ गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । नगरपालिकामा रहेका खरका छाना हटाएर जस्ता पाता वितरण गर्ने काम सुरुवात गरेका हौं नगर प्रमुख गैरेले भन्नुभयो ।

विपन्न परिवारले आर्थिक अवस्था कमजोर भएकै कारण बर्षौ देखि खरको छाना मुनि जीवन बिताउन बाध्य भएको र स्थानिय सरकारले त्यो समस्यालाई समाधान गर्न जस्ता पाता वितरण गर्ने अभियान सञ्चालन गरिएको नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिनुभयो।
सुरुवातमा हामीले गलकोट नगरपालिकाको वडा नम्बर ६ बाट अभियानको थालनी गरेका छौं नगर उपप्रमुख काउचाले भन्नुभयो ।

यो योजनाको लागि आर्थिक वर्ष २०७६र०७७ मा गलकोट नगरपालिकाले ६० लाख रकम विनियोजन गरेको गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर विश्वकर्माले जानकारी दिनुभयो । गलकोट नगर भित्र खरको छाना विस्थापित गरि जस्ता पाताले घरहरु छाइने काम अब तत्कालै सुरु गरिने गलकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नर बहादुर खत्रीले जानकारी दिनुभयो ।

अब क्रमश वडा नंं.५ को ३ घर परिवार, वडा नं ९ को १४ घर परिवार, वडा नं २ मा ८ घर परिवारलाई वितरण गरिने बताइएको छ । त्यस पश्चात अन्य वडामा वितरण गर्दै लगिने कार्यक्रम रहेको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले बताउनुभयो ।

त्यसको लागि नगरपालिकाको प्राविधिक टोलीले प्रत्येक वडाको घर घरमा पुगेर नाप जाँच गरि यथार्थ र वास्तविक विवरण संकलन गर्ने काम भइरहको छ ।

यस वर्ष वितरण गर्दा अपुग भएमा आगामी वर्ष त्यसलाई पुनः निरन्तरता दिइने गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिनुभयो । गलकोट नगरपालिकामा सबै भन्दा धेरै वडा नं.११ रिघामा २०० घरमा खरको छाना रहेको छ ।

वि.सं.२०७७ जेठ १० शनिवार ११:१८ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...