back
NMB ad

विद्यालय आगामी महिना पनि बन्द हुने

Kumari bank ad

काठमाडौं । भारतको पश्चिम बंगाल राज्यमा आगामी महिना पनि विद्यालयहरु बन्द हुने भएका छन् । प्रदेश सरकारले आगामी जुन ३० सम्मका लागि सवै विद्यालयहरु बन्द नै गर्ने बुधबार घोषणा गरेको हो ।

प्रदेश सरकारका शिक्षा मन्त्री पार्थ चटर्जीले केही दिन अघि आएको आँधीका कारण विद्यालयहरुको भौतिक संरचना क्षतीग्रस्त भएकाले विद्यालयहरु बन्द गर्नु परेको जानकारी दिनुभयो ।

त्यसैगरी कतिपय विद्यालय भवनहरु कोरोनाभाइरसको सङ्क्रमणका कारण क्वारेन्टाइनको रुपमा प्रयोग गरिएकाले पनि तत्काल विद्यालय संचालन गर्न कठिनाई रहेको उहाँको भनाई छ । सरकारले यसअघि आगामी जुन १० सम्म बन्द रहने निर्णय गरेको थियो ।

तर कक्षा १२ को प्रदेशस्तरीय परिक्षा भने नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ । कक्षा १२ को परिक्षा यही जुन २९, जुलाई २ र जुलाई ६ मा गर्नेगरी अघिल्लो हप्ता नै घोषणा भएको थियो ।

पश्चिम बंगाल उच्च माध्यामिक शिक्षा बोर्डले परिक्षाका लागि सवै तयारी पुरा गर्न निर्देशन पनि दिएको मन्त्री चटर्जीले जानकारी दिनुभयो । यस परिक्षाका लागि एक हजार ५८ ओटा परिक्षा केन्द्र निर्धारण गरिएको उहाँको भनाई छ ।

आँधीले परिक्षा केन्द्र निर्धारण गरिएका ४६२ ओटा विद्यालयको भौतिक संरचनामा क्षति पु¥याएकाले अन्यन्त्र सारिएको पनि उहाँले बताउनुभयो ।

भारतमा लामो समयदेखिको देशव्यापी लकडाउन र केही दिन अगाडी आएको अम्फान आँधीका कारण शैक्षिक क्रियाकलाप नराम्रोसँग प्रभावित भएको छ । -पिटिआई

वि.सं.२०७७ जेठ १४ बुधवार २०:२८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...