back
NMB ad

कर्मचारीले अब यसप्रकारका मात्र भत्ता पाउने

Kumari bank ad

काठमाडौं । खर्चमा मितव्ययिता ल्याउने उदेश्यले सरकारले कर्मचारीका भत्ता कटौती गरेर केही सुविधा भने थप गरिएको छ । कर्मचारीहरुले शतप्रतिशतसम्म लिदै आएको प्रोत्साहन तथा जोखिम भत्ता कटौती भएको हो ।

निजामती मात्र नभई सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारी प्रोत्साहन, जोखिम र खाजा/खाना खर्च साउन १ गतेदेखि कटौती गर्ने घोषणा गरिएको छ ।

यस्तो सुविधा करिब १८ हजार निजामती कर्मचारीले पाउँदै आउका थिए । भत्ता कटौतीले वार्षिक करिब ६ अर्ब रुपैयाँ जोगिने आँकलन अर्थ मन्त्रालयको छ ।

कर्मचारीले पाउँदै आएको महंगी भत्ता, दशैं भत्ता, पोशाक भत्ता र स्थानीय भत्ता भने कायमै रहने अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले बताए ।

क–कसले पाउँथे सुविधा ?

राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले अतिरिक्त समय काम गरेको आधारमा प्रोत्साहन भत्ता पाउँदै आएका थिए ।

त्यस्तै अर्थ मन्त्रालय अन्तर्गतका राजश्व तथा भन्सार कार्यालयका कर्मचारीले कार्यसम्पादनमा आधारीत भत्ता पाउँने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्र्तगतका सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका कर्मचारीले पनि हालै भत्ता पाउन थालेका थिए । राजश्व अनुसन्धान विभागका कर्मचारीले पनि पाउने गरेका थिए ।

त्यस्तै अदालत र सरकारी वकिलले पाउने भत्ता पनि खारेज भएको छ । हालै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई पनि भत्ता दिन थालिएको थियो ।

लोक सेवा आयोग, महालेखा परीक्षकको कार्यालयमा पनि केहीले यस्तो सुविधा पाउँदै आएका थिए । यस्तो भत्तामा विभेद गरिएको भन्दै प्रशासनभित्रै विरोध हुँदै आएको थियो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, निजामती किताबखाना, राहदानी विभाग, संसद सचिवालय पाउँदै आएका थिए । विभिन्न संस्थान तथा विश्वबिद्यालयको भत्ता समेत कटौती गर्ने गरी मितव्ययिता सम्बन्धि निर्दे्शिका कार्यान्वायन गर्न लागिएको छ ।

यस्तो भत्ता पाउनेमा अदालतका कर्मचारी मात्र पाँच हजार थिए । उनीहरुले ५० प्रतिशतसम्म भत्ता पाउँथे र त्यस्तै महान्यायधिवक्ता कार्यालय अनुसार एक हजार चार सय ५० थिए । अख्तियारका नौ सय कर्मचारी छन् । -दृष्टिबाट

वि.सं.२०७७ जेठ १८ आइतवार १४:३६ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...