back
NMB ad

यी तीन लघुवित्त कम्पनीको ५५ लाख ४८ हजार कित्ता आईपीओ आउँदै, कुनको कति ?

Kumari bank ad

काठमाडौं । तीन लघुवित्त कम्पनीको ५५ लाख ४८ हजार ८०० कित्ता साधारण शेयर (आईपीओ) आउने भएको छ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त र साधना लघुवित्त वित्तीय संस्थाले सो परिमाणको शेयर विक्रीमा ल्याउने भएका हुन् ।

एनआईसी एशिया लघुवित्तले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न स्वीकृति पाएको छ भने बाँकी दुई ओटा कम्पनीले निवेदन दिएका छन् ।

एनआईसी एशिया लघुवित्तले आईपीओ निष्कासनको लागि चैत ४ गते स्वीकृती पाएको थियो । तर, चैत ११ गतेदेखि लकडाउन भएकाले आईपीओ निष्कासनमा ढिलाई भएको हो ।

कम्पनीले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओ लघुवित्त क्षेत्रकै सबैभन्दा धेरै कित्ता आईपीओ हो ।

कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. १२ करोड २७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा ५६ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ७ करोड ८४ लाख नाफा कमाएको थियो । चुक्ता पूँजी रू. १ अर्ब भन्दा बढी रहेको छ । हाल सम्ममा कम्पनीले १०५ ओटा शाखा कार्यालयहरूबाट लघुवित्त सेवा दिँदै आएको छ ।

त्यसैगरी साधना लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नको लागि २०७६ फागुन २७ गते निवेदन दिएको थियो ।  कम्पनीले ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएको हो ।

कम्पनीले तेस्रो त्रैमासमा रू. १ करोड ९० लाख नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६७ प्रतिशतले वृद्धि भएको हो ।

सो अवधिमा कम्पनीले रू. १ करोड १४ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्ता पूँजी रू. १४ करोड ७० लाख छ । हाल सम्ममा कम्पनीले ६० ओटा शाखा कार्यालयहरूबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाले ८६ हजार कित्ता आईपीओ निष्कासन गर्नको लागि २०७६ फागुन १६ गते सेबोनमा निवेदन दिएको थियो । हालसम्ममा यस कम्पनीले भने वित्तीय विवरण प्रकाशित गरेको छैन ।

५ ओटा शाखा कार्यालयहरूबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । एनआइसी एशिया लघुवित्त र साधना लघुवित्तले निष्कासन गर्ने आईपीओले ग्रेड ४ रेटिङ पाएका छन् । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको देखाउँछ । आजको अभियान दैनिकमा समाचार छ ।

वि.सं.२०७७ जेठ २० मंगलवार ०७:४५ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...