back
NMB ad

नेपालमा फेरि अर्को चक्रवातको प्रभाव : २४ गतेसम्म हावाहुरीसहित वर्षा र हिमपात हुने सम्भावना

Kumari bank ad

काठमाडौं। नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ। दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ। आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवात हुने सम्भावना छ।

त्यसको प्रभावले नेपालका केही स्थानमा जुन ४, ५ र ६ अर्थात जेठ २२–२४ मा वर्षाका साथै पश्चिमी उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही दिनअघि बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले नेपालका पूर्वी र मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको थियो। मौसमविद् विभूति पोखरेलका अनुसार नेपालमा चक्रवातको प्रत्यक्ष असर गर्दैन।

नेपालसम्म आइपुग्दा सो प्रणाली कमजोर भइसकेको हुन्छ। नेपालमा चक्रवातको आंशिक प्रभाव मात्र पर्ने बताइएको छ। अहिलेसम्मको अवस्थालाई हेर्दा उक्त चक्रवातको प्रभावले सुदूरपश्चिमी भूभागका केही स्थानमा वर्षा र पश्चिमी उच्च हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको मौसमविद् पोखरेलले बताए।

वि.सं.२०७७ जेठ २० मंगलवार १३:५१ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...