back
NMB ad

पुनःकर्जा कार्यविधि तयार : ऋणमा के-के छ व्यवस्था ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि–२०७७ को मस्यौदा तयार पारेको छ । राष्ट्र बैंकबाट उपलब्ध गराइने पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मस्यौदा तयार पारिएको हो ।

राष्ट्र बैंकले पुनरकर्जा कार्यविधिको मस्यौदा तयार पार्दै पुनर्कर्जालाई मुख्य ३ वर्गमा वर्गीकरण गरिएको छ भने त्यही अनुसार ३ देखि ५ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था गरेको छ । लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा बैंकले ऋणीबाट ५ प्रतिशत व्याज लिन पाउने छन् । विशेष पुनर्कर्जामा ३ प्रतिशत र साधारण पुनरकर्जामा ५ प्रतिशतसम्म ब्याज लिन पाउने छन् ।

उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा वर्गिकरण गरिएको छ ।

बैंकले समय समयमा कुनैक्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिने भनिएको छ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जाहरू पर्नेछन् ।

त्यसैगरी लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा र विशेष पुनर्कर्जामा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनर्कर्जाहरूलाई साधारण पुनरकर्जाको रुपमा वर्गिकरण गरिएको छ ।

यस कोषमा रहेको रकमको अधिकतम पाँच गुणासम्म पुनरकर्जा प्रदान गर्न सक्ने गरी सीमा कायम गरिएको छ । त्यो सीमाभित्र रही राष्ट्र बैंकले सो सीमाको ७० प्रतिशतसम्म एकमुष्टरुपमा क, ख, ग वर्गका इजाजतपत्रप्राप्त संस्थालाई, २० प्रतिशतसम्म ग्राहक अनुसार मूल्याङ्कन गरी क, ख, ग वर्गका इजाजतपत्रप्राप्त संस्थालाई र १० प्रतिशतसम्म ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई पुनरकर्जा प्रदान गर्नेछ । बैंकबाट आव्हान गरी इजाजतपत्र प्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनर्कर्जाको अधिकतम सीमा १० करोड हुनेछ ।

यस्तो पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्ने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन । बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलव्ध गराउने साधारण पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोडसम्म हुनेछ भने यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुनेछैन ।

त्यस्तै बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन

वि.सं.२०७७ जेठ २० मंगलवार १४:०३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...