back
NMB ad

विद्यार्थीको शैक्षिक सत्र खेर नजाने, यस्तो छ मन्त्रालयको वैकल्पिक योजना

Kumari bank ad

काठमाडौं । विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ ।

विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले असार १ देखि सबै विद्यालयले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने र चैतभित्र पठनपाठन पूरा गर्ने गरी अगाडि बढ्ने योजना रहेको जानकारी दिएका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को बन्दाबन्दीका कारण दुई महिनाभन्दा बढी समय विद्यार्थी घरमा बसे पनि उनीहरूको शैक्षिक सत्र खेर जान नदिन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

मन्त्रालयका अनुुसार असार १ देखि सुरु गरिने वैकल्पिक विधिको कक्षा सञ्चालन कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण जनजीवन सामान्य नहुँदासम्म सञ्चालन गरिनेछ ।

विद्यार्थीको खोजी

वैकल्पिक विधिबाट कक्षा सञ्चालन हुनुअघि विद्यालयले आफ्ना पुराना तथा नयाँ विद्यार्थीको खोजी गर्नुपर्ने जनाइएको छ । अनलाइन कक्षा सञ्चालन प्रभावकारी बनाउन विद्यार्थीको उपस्थिति हुनुपर्ने औँल्याइएको छ । विद्यालयले आफ्ना विद्यार्थीलाई पुस्तक तथा नतिजा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

अघिल्लो शैक्षिक सत्रजस्तो हिसाबले विद्यार्थी भर्ना गर्न व्यावहारिक समस्या भए पनि विद्यालयले आफ्ना विद्यार्थीको अभिलेखीकरण गरेर पठनपाठन अघि बढाउन सक्ने प्रवक्ता शर्माले बताएका छन् । निजी विद्यालयका सञ्चालकहरूले पनि आफ्ना विद्यार्थी खोजी गर्दै उनीहरूलाई वैकल्पिक विधिबाट पढाउने तयारी गरिने जनाएका छन् । (गोरखापत्रबाट)

वि.सं.२०७७ जेठ २१ बुधवार ०७:२९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...